+
Search

ताजा अपडेट +

पपुलर +

हामी यो निर्वाचन जित्ने दिशामा छौँ : बाइडन

4KNationalDaily
२०७७ कार्तिक १९, बुधबार १२:०० बजे

काठमाडौं- अमेरिकामा डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बनेका जो बाइडनले आफूहरु यो निर्वाचनमा जित हात पार्ने दिशामा अघि बढिरहेको बताएका छन् ।

बुधबार उनले डेलावेयरमा संक्षिप्त प्रतिक्रिया दिने क्रममा सबैलाई धैर्य राख्न आग्रह गरेका हुन् ।

उनले अमेरिकाको स्थानीय समयअनुसार बुधबार बिहान (नेपाली समय अनुसार बुधबार बेलुका)सम्ममा आगामी कार्यकालको राष्ट्रपतिको छिनोफानो हुने बताए । उनले अहिलेसम्म प्राप्त नतिजाबाट आफू खुसी रहेको बताएका छन् ।

उनले अझै अन्तिम मत गन्दासम्म पनि निर्वाचन नसकिने बताएका छन् । उनले अहिले नै आफूले र डोनाल्ड ट्रम्प कसैले पनि कसले जित्यो भनेर घोषणा गर्न नसक्ने बताएका छन् । उनले कसले जित्यो भनेर तय गर्ने अधिकार अमेरिकी जनतामा रहेको बताएका छन् ।

स्रोत : बीबीसी

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily