+
Search

ताजा अपडेट +

पपुलर +

पश्चिमा मुलुकले इस्लाम, पैगम्बर र मुसलमानको सम्बन्धलाई बुझ्न सकेनन् : इमरान खान

4KNationalDaily
२०७७ कार्तिक १५, शनिबार ०९:४४ बजे

एजेन्सी– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पश्चिमी देशले इस्लाम, पैगम्बर र मुसलमानबीचको सम्बन्धलाई बुझ्न नसकेको बताएका छन्।

इद–उल–मिलादका अवसरमा शुक्रबार इस्लामावादमा आयोजित कार्यक्रममा उनले भने, ‘उनीहरुसँग त्यस्तो पुस्तक छैन, जो हामीहरुसँग छ, यसैले उनीहरु यसलाई बुझ्न सक्दैनन्।’

उनले पश्चिमा मुलुकहरुले मुसलमान अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको र संकीर्ण मानसिकताको हुने गरेको ठान्ने गरेको उल्लेख गर्दै यहीकारण विरोधी अभियान चलाइने गरिएको पनि बताए।

पश्चिमी मुलुकमा इस्लामोफोबिया बढिरहेको उल्लेख गर्दै उनले यो समस्या समाधानका लागि सबै मुसलमान देशहरु एकजुट हुनुपर्ने र यसबारे छलफल गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

यो मुद्धालाई अन्तर्राष्ट्रियस्तरमा उठाइने पनि उनले बताए। अभिव्यक्ति स्वतन्त्रताको अर्थ अर्को पक्षको भावनामा चोट पु¥याउनु नरहेको पनि उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily