+
Search

ताजा अपडेट +

पपुलर +

मोडल बिनु सामाजिक कार्यमा पनि सक्रिय बन्दै …

4KNationalDaily
२०७५ फाल्गुन ५, आईतवार ११:५० बजे

काठमाडाैं- चर्चित बेल्ली डान्सर एव सुन्दरी मोडल बिनु शाक्य मोडलिङ्गको अलवा सामाजिक कार्य गर्न पनि सक्रिय भएकि छिन् । उनै कलाकार शाक्यले शनिवार एक सामाजिक कार्यमा आफुलाई प्रस्तुत गराइन ।

पछिल्लो समय सामाजिक संजालमा करेण्ट ले दुबै हात गुमाएर पनि यसरी साहसी भएर जीवन यापन गरिरहनु भएकी प्रतिभावान मेघा घिमिरे लाइ आर्थिक सहायो गरेकी हुन् ।

‘सामाजिक सञ्जालमा भिडियो हेर्दा नै मन रोएको थियो । दुबै हात गुमाएर पनि यसरी साहसी भएर जीवन यापन गरिरहनु भएकी मेघा घिमिरे बहिनीलाई भेट्न पाएँ ।’ उनले सामाजिक सञ्जालमा लेखेकि छिन् ‘ब्यक्तिगत तर्फबाट सानो भएपनि सहयोग गर्छु भन्ने पहिले देखी थियो त्यसैले आज भेटेर मेरो तर्फबाट सानो सहयोग गरेकी छु ।’

उनी थप्छिन् ‘युएसमा बस्दै आउनु भएको समाजसेवी ललित प्रधान र मेरो तर्फबाट पचास हजार सहयोग गरेकी छु र आगामी दिनमा पनि सहयोग गर्ने जानकारी गराउँछु । साथै मेघा बहिनीको दुबै हात हाल्नका लागी हामी आफ्नो ठाउँबाट सानो भएपनि सबैले सहयोग गरौं भन्न चाहान्छु ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily