+
Search

ताजा अपडेट +

पपुलर +

गृह मन्त्रालयले भन्याे : संकटकाल र कर्फ्यु लाग्ने सूचना गलत

4KNationalDaily
२०७७ कार्तिक ३, सोमबार १६:१४ बजे

काठमाडौं- सर्ट म्यासेज सर्भिस (एसएमएस) र सामाजिक सञ्जालमा संकटकाल र कर्फ्यु लाग्ने भनेर फैलिएको सूचना गलत भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह प्रवक्ता सह–सचिव चक्रबहादुर बुढाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको भनिएको हो ।

एसएमएस प्रकरणलाई गम्भीरतापूर्वक लिइएको भन्दै आवश्यक अनुसन्धान प्रक्रिया समेत अघि बढाइएको उनले भनेका छन् ।

सूचना

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily