+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरी दबाब र प्रभावमा पर्नुहुन्न : मुख्यमन्त्री गुरुङ

4KNationalDaily
२०७७ आश्विन ३०, शुक्रबार १९:३१ बजे

पाेखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले नेपाल प्रहरीले दबाब र प्रभावमा नपरी जनताको सेवामा दत्तचित्त हुनपर्ने बताएका छन्।

६५ औं प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित श्रद्धाञ्जलि एवम् सम्मान कार्यक्रममा उनले नेपाल प्रहरीले देश र जनताको सुरक्षामा स्थापना कालदेखि नै महत्वपूर्ण कार्य गर्दै आएको बताउँदै जनताको सेवा प्रवाह गर्न इमान्दारिता र जिम्मेवारीबोधलाई आत्मसात गर्नुपर्नेमा जोड दिए।

प्रदेशकाा आन्तरिक मामिला तथा कानूनमन्त्री मन्त्री हरिबहादुर चुमानले प्रहरी सेवाको प्रभावकारिताको लागि साधन श्रोत सम्पन्न बनाउँदै प्रविधि मैत्री बनाउनु पर्नेमा जोड दिए।

गण्डकी प्रदेश प्रहरी प्रमुख धनश्याम अर्यालले नेपाल प्रहरी आम नागरिकको जीउधन र अधिकारको रक्षामा अहोरात्र खटिँदै आएको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily