+
Search

ताजा अपडेट +

पपुलर +

पाँच हजार २२७ प्रहरी जवानका लागि भर्ना खुल्यो, कहिले र कहाँ दिने आवेदन?

4KNationalDaily
२०७७ आश्विन ३०, शुक्रबार १६:१० बजे

काठमाडौं- प्रहरी प्रधान कार्यालयले ५ हजार २२७ जना प्रहरी जवान पदका लागि आवेदन खुलाएको छ।

कार्यालयका अनुसार कात्तिक १६ गतेदेखि आवेदन दिन सकिने गरी खुला गरिएको हो। मंसिर २३ गतेसम्म आवेदन दिन सकिने छ।

५२२७ मध्ये १०५ जना अमर/अशक्त प्रहरी परिवारका सदस्यका लागि आरक्षण गरिएको छ। खुलाका लागि भने २ हजार ८ सय १७ जनाका लागि आवेदन खुलाइएको छ।

४६१ जना महिला, आदिवासी/जनजातिका लागि ७३७ कोटा तोकिएको छ भने मधेशीका लागि ६४६ जनाको कोटा निर्धारण गरिएको छ। यस्तै ३४५ कोटा दलितका लागि र ११६ कोटा पिछडिएको क्षेत्रका लागि तोकिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रहरीका ७७ वटै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

यसका साथै प्रदेश प्रहरीका कार्यालयहरू विराटनगर, जनकपुर, राजविराज, सिन्धुली, पोखरा, बुटवल, नेपालगञ्ज, दिपायलमा पनि आवेदन दिन सकिने छ।

यसका साथै उपत्यकाका तीनै जिल्लाका महानगरीय प्रहरी परिसरमा पनि आवेदन बुझाउन सकिने व्यवस्था गरिएको छ।

खुलामा आवेदन दिने उम्मेवदवारले १५० रुपैयाँ बुझाउने पर्नेछ भने आरक्षण कोटामा उम्मेदवार दिनेले प्रत्येक समूहका लागि थप ३० रुपैयाँ बुझाउनुपर्ने छ। न्यूनतम कक्षा ८ पास गरेकाले प्रहरी जवानका लागि आवेदन दिन पाउनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily