+
Search

ताजा अपडेट +

पपुलर +

विपद व्यवस्थापनको लागि : पूर्व तयारी योजना

4KNationalDaily
२०७७ आश्विन ८, बिहीबार ११:५८ बजे

नेपालको विशिष्ट भौगोलिक बनोट, भौगर्भिक गतिशीलता, प्राकृतिक एवं मानवीय क्रियाकलापबाट सिर्जित साथै जलवायु परिवर्तनबाट परेको प्रतिकूल प्रभावका कारणले विपदको दृष्टिकोणले उच्च जोखिममा रहेको बाढी, पहिरो, महामारी, आगलागी, शीतलहर र हिम ताल विस्फोट, हिम पहिरो तथा विनाशकारी भूकम्पको जोखिममा रहेको विभिन्न अध्ययन अनुसन्धान र घटनाले देखाएको छ ।

विगतमा विपद जोखिम व्यवस्थापनको सवालमापूर्व तयारी ता जोखि मन्यूनीकरण कार्यलाई विशेष महत्व नदिइदा धन जनको ठूलो नोक्सान भएको छ । विपद जोखिम व्यवस्थापनलाई विकासका योजनासंग मूल प्रवाहीकरण गरी उत्पादनशील समुदाय, समाजको दायित्व भित्र पार्न आ-आफ्नो क्षेत्रबाट पहल कदम गर्न आवश्यक भएको छ ।

नेपालको राजधानी काठमाडौँ उपत्यका साथै तराईका क्षेत्र तथा पहाडि भु–भागहरु प्राकृतिक प्रकोपको व्यवस्थापनको दृष्टिले एक अति सम्वेदनशील क्षेत्र मानिन्छ । घना आवादी बढ्दै जानु, कमजोर किसिमले आधारभूत संरचनाहरु निर्माण हुनु, वर्षायाममा चारै तिर ठूलो वाढी पहिरोका समस्याका कारण यहाँको प्रकोप संकटासन्नता तथा जोखिमको स्तर बढ्दै गएको पाइन्छ । साथै, अव्यवस्थित रुपमा भइरहेको शहरीकरण संगै भूकम्पीय दृष्टिले नगर क्षेत्रका भवन तथा भौतिक संरचनाहरु पनि जोखिमको अवस्थामा छन् ।

नेपालका विभिन्न क्षेत्रहरुमा भूकम्प, बाढी पहिरो, विष्फोट, आगलागी, सुख्खा, आँधिबेरी, शीतलहर, चट्याङ, डढेलो, जस्ता सम्भाव्य सबै प्रकारका विपदजन्य अवस्थाहरुको पूर्व सूचना, संकटासन्न अवस्था तथा त्यस्ता क्षेत्रहरुमा रहेका जोखिम विवरण समुदाय र सरोकारवाला निकायहरुलाई उपलब्ध गराई सम्भाव्य विपदबाट बचाउनपूर्व तयारीको लागि राष्ट्रिय, जिल्लास्तरमा र स्थानीय विभिन्न कार्यहरु गर्न आवश्यक छ ।

नेपाल बाढी, पहिरो, भूकम्प, आगलागी, सर्पको टोकाई एवं जलवायु परिवर्तन जस्ता विविध प्रकृतिका प्रकोपका घटनाहरूबाट संकटासन्न अवस्थामा रहेको छ । यसका अतिरिक्त विभिन्न प्रकृतिका महामारी, औद्योगिक दुर्घटना, विस्फोटन, सडक तथा हवाई दुर्घटना तथा विषालु पदार्थसँग सम्बन्धित विपद्का घटनाहरू पनिहुने गरेका छन् । यसरी नेपालले वर्षेनी प्राकृतिक तथा गैर-प्राकृतिक विपद्का घटनाहरूको सामना गरिरहनु परेको छ ।

मनसुनको विनाश पछिल्ला १० वर्षको विश्लेषण गर्ने हो भने यो वर्ष सबै भन्दा विनासकारी देखिन्छ । अघिल्ला वर्ष भन्दा ठूला पहिरोजन्य विपद्को घटना धेरै भएका छन् । विशेष गरि सिन्धुपाल्चोक, म्याग्दी, तनहुँ, कास्की, अछाम, वझाङ, कालीकोट, स्याङ्जा, गुल्मी, गोरखा, दोलखालगाएत जिल्लाहरु हिमपहिरोजन्य घटना र तराईका विभिन्न जिल्लाहरुमा बाढीले वढी क्षतिभएको छ ।

राष्ट्रिय विपद जोखिमन्यूनिकरण तथा व्यवस्थापन प्राविधिकरण अनुसार मंगलबार सम्म पहिरो, बाढी, अकस्मत बाढी (फ्ल्यास फ्लड)का करिब ८०० घटना भएको जनाएको छ । जसमा परेर ३२१ जनाको ज्यान गएको छ भने धेरै मानिसहरु व्यपत्ता, घाईते तथा विस्थापित भएका छन् । यस वर्ष जलतथा मौसम विज्ञानको तथ्यांकअनुसार पूर्व देखि पश्चिम सम्म औसत भन्दा बढी वर्षा भएको छ । मनसुन सुरु भएलगत्तै सानो क्षेत्रमा केन्द्रित भएर आएको मुसलधारे वर्षाको कारणले गर्दा विपद् निम्त्याएको छ । धेरै ठाउँमा डोजरे विकास सडक तथापक्की सडक पनिबगाएको छ ।

०६८ देखि २०७७ सम्मको तथ्यांक हेर्दा पहिरोको कारण ७०४ जनाको ज्यानगएको छ । २३३ जना वेपत्ता भएका छन् । यो अवधिमा पहिरोका १६३३ वटा घटना भएका छन् । यस अवधिमा बाढीको कारण ७९६ जनाको ज्यान गएको छ भने ५०९ जना वेपत्ता भएका छन् । बाढी र फ्ल्यास फ्लडका कारण १५१४ वटा घटना भएका छन् । राष्ट्रिय योजना आयोगको अध्ययन प्रतिवेदन अनुसार दुई वर्ष अघि तराई क्षेत्रमा मनसुन अवधिमाआएको बाढीले करिब ६२ अर्व रुपैँया बरावरको क्षति गरेको रेकर्ड छ ।

संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको गभर्नेन्स अफक्लाईमेट चेन्जफाईनाइन्स प्रोग्रामको अध्ययनले पनिवर्षनीजलवायुजन्य क्षेतिले २८ अर्व भन्दा बढी क्षतिहुने देखाएको छ ।

नेपाल विश्वमा विपद् जोखिमको नक्शांकनमा बीसौं स्थानमा रहेको छ भने नेपाललाई पहिरो र बाढीजस्ता जलजन्य प्रकोपको जोखिमको दृष्टिकोणबाट तीसाैं स्थानमा राखिएको छ । काठमाण्डौ उपत्यका लगायत नेपालको पहाडी र हिमाली भाग तथा भूकम्पीय प्रभावका दृष्टिबाट प्रथम जोखिमपूर्ण स्थानमा रहेको छ ।

नेपालको सम्पूर्ण भूभागभूकम्पजाने संभावित क्षेत्रभित्र पर्दछ भने मध्यभूभागअति जोखिम क्षेत्रभित्र पर्दछ । जलवायु परिवर्तनको कारणले नेपालमा नियमित रुपमा वर्षा हुँदैन । कहिले मुसलधारे वर्षा कहिले अनावृष्टि हुने खतरा छ भने कमजोर र भिरालो धरातलीय कारणवाट भूक्षयभई नेपालको अधिकांश तराई भु–भागमावाढी पहिरोले सताउने गरेको छ भने अर्कोतर्फ वनजंगलको विनास, प्रकृतिक स्रोतहरु पानी, ढुङ्गा, वालुवाआदिको अनियन्त्रित दोहन, अव्यवस्थित डोजरे विकास कार्यक्रम तथा अव्यवस्थित वसोवासले धेरै विपदनिम्त्याएको अवस्था छ ।

आगजनीतर्फ विशेष गरी तराईमा गर्मीको मौसममा तापक्रम ४५ डिग्री सेल्सियससम्म पुग्ने भएकाले ग्रामीण बस्तीहरूमा आगलागी ठूलो समस्याको रूपमा रहेको छ । साथै हालका दिनहरूमा आगलागी एवं वन डढेँलो समेत विपद्कोरूपमा बढ्दै गएको छ । ज्यादै उच्च दरको प्रकोपउन्मुख क्षेत्र रहे पनि नेपालमा यस्ता विपदसँगजुध्न सक्ने क्षमताको विकास र पूर्वतयारीजस्ता कार्यमा सारभूत रूपमा ठोस कार्य अझै हुननसकेको भनाइ छ ।

नेपालको भू–धरातलीय स्वरुप अनुसार विपदको दृष्टिकोणले अति सम्वेदनशील क्षेत्र मानिन्छ । यहाँ प्राकृतिक एवम् मानवीय दुवै कारणले ठूला ठूला विपदका घटना घटी त्यसबाट मानवीय क्षति, भौतिक सम्पतिको विनाश तथा वातावरणीय ह्रास भइरहेको अवस्था छ । नेपालमा प्रकोप बढी आउनुमा मानवीय र प्राकृतिक कारण नै प्रमुख रुपमा रहेका छन् ।

भू–वनोट, जलवायु परिवर्तनको असरले जथाभावी बाढी पहिरो आउने, कतै सुख्खा अनावृष्टि पनि भएको उदाहरण छ भने चट्याङ्गबाट पनि मानिसको मृत्यु भएको अवस्था छ । वनविनाश, अव्यवस्थित वसोवास, जनचेतनाको कमि, नदीमाथिको दोहन, जथाभावी चरिचरणले गर्दा विभिन्न विपद आएको, त्यसबाट प्रशस्त धनमालको क्षतिभएको छ ।

सो निराकरणको लागि विपदका प्रतिकार्य तथा पूर्व तयारी योजना निर्माणमा सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका, सरोकारवालाहरु तथा साझेदार संस्थाका दायित्व रहन्छ । ऐनअनुसार सबै निकायमा रहेको विपदव्यवस्थापन समितिले प्रभावित क्षेत्रमा योजना तयार गरी कार्यान्वयन गरी उद्धार र राहतको व्यवस्था मिलाउनु अतिआवश्यक छ ।

विपदका समयमा प्रभावित तथा पीडित समुदायलाई उपलब्ध गराउन मानवीय सहयोगका विभिन्न क्षेत्रहरु रहेका हुन्छन । पीडितहरुलाई जीवनयापनका आधारभूत आवश्यकताका पूति गर्न, खाद्यान्न, आवास, खानेपानी, सरसफाइतथा स्वास्थ्य प्रबद्र्धन, सुरक्षा जस्ता विषयमा विशेषज्ञता हासिल गरेका समूहहरुले आफ्नै क्षेत्रहरुका जिम्मेवारी लिँदा मानवीय सहयोगका कार्य व्यवस्थित हुन आवश्यक छ ।

विभिन्न सरकारी निकाय तथा गैर-सरकारी संस्थाहरु, आसपासका गाउँपालिका, नगरपालिका र जिल्लामा कार्यरत अन्य संघ संस्थाहरुका उपस्थितिले विपद व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । एम्वुलेन्स, यातायातका साधनहरु, खानेपानी व्यवस्थापन, पर्याप्त मात्रामा स्वास्थ्यकर्मी, तालिमप्राप्त स्वयंसेवक, खाद्यान्नआदि जस्ता स्रोतहरुको पहिचान र सूचीकरण गरी ती वस्तु तथा सेवाहरुका सम्वन्धमा नगरपालिका/गाउँपालिका भित्र आवश्यक क्षमता विश्लेषण गर्नु समग्र विपद व्यवस्थापनका लागीआवश्यक पूर्वाधारहरु विकास गर्नुपर्दछ ।

स्थानीय स्तरमा विपद व्यवस्थापनको कार्य सञ्चालनको नेतृत्वदायी जिम्मेवारी स्थानीय स्तरमा नगरपालिका/गाउँपालिकामा रहेका हुन्छन् । यसले गाउँ तथा नगरभित्र सम्पूर्ण विपद प्रतिकार्य योजना सञ्चालन गर्दछ । विपद व्यवस्थापन कार्यलाई सहज वनाउन नेपाल सरकारले केन्द्र र प्रदेश तहमा कार्य गर्ने गरी राहत सहयोग, क्षतिपूति व्यवस्थापनलगायतका विषयमा दिग्दर्शनहरु जारी गरेको पाईन्छ । तैपनि आवश्यक अनुसार प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल रेडक्रसका आ–आफ्नै दिग्दर्शन र कार्ययोजनाहरु अनुसार विपद व्यवस्थापनमा खटिन्छन् तर तीनको संयोजन र उचित किसिमको समन्वय नभई प्रभावकारी कार्यान्वयनमा कठिनाई भएको पाईन्छ ।

प्राकृतिक प्रकोपको कारण वातावरण सुहाउँदो विकास नहुनु, जस्तै, नदि अतिक्रमण, सार्वजनिक जग्गा, वाटो, पाटिपौवा, ढल, कुवाआदि अतिक्रमण । विकासको नाममा जथाभावी निर्माण कार्यले डोजर वढी मात्रामा प्रयोग भएको छ । शहरी भवन संहिताको पालना नगरी घर वनेका छन्, जथाभावी सडक खनेर वातावरण विगारेको स्थिति छ । त्यसैगरि जथाभावी चरनले जमिनलाई मरभुमीमा परिणत गर्दछ । चरनले नयाँबिरुवा नष्ट गर्दछ र जमिनलाई नाङ्गो बनाएको छ । समग्रमा वातावरण मैत्री विकास भइरहेको स्थिति छैन । पालुवाहरु नसप्रीकन मर्छन र वातावरणमा ह्रास आउँछ । पानीको स्रोत कमहुँदै जथाभावी चरणले विनास ल्याएको छ ।

प्रकोपको समस्या समाधान गर्न स्थानिय निकायले आफ्नो क्षेत्रमा बन जंगलको संरक्षणमा विशेष ध्यान दिइ व्यवस्थित रुपले नदीवाट उचितमात्रामा गिट्टी बालुवा निकाल्ने तथा कृषि/वन सम्वन्धमा संयुक्त परियोजना संचालनगर्दै वढी से वढी मात्रामा बृक्षरोपण तथा संरक्षणको कार्य गर्नु पर्दछ ।

खोला नाला नियन्त्रण गर्ने, उचित स्थानमा बस्ती बसाउने, विकास निर्माणका योजना वातावरण मैत्री वनाउनुपर्छ । विपदको प्रभावन्यू नगर्न विपदको लागिपूर्व तयारी गर्ने समुदायलाई प्रकोप वहन गर्न सक्षम बनाउने तथा हरेक वडामा विपद व्यवस्थापन योजना बनाउन आवश्यक देखिन्छ । अति आवश्यक सेवालाई चुस्त बनाउदै विपदको बारेमा शिक्षा दिने र लिने, क्षमता वृद्धि गर्ने, स्रोत साधन परीचालन गरी विपद व्यवस्थापनका कार्य व्यवस्थित रुपमा संचालन गर्नुपर्दछ ।स्थानिय निकायले प्रकोप आउनु अघिको अवस्था, भइरहेको अवस्था र त्यसपछिको पुनः स्थापनाको कार्यलाई व्यवस्थित रुपले संचालन गर्नुपर्दछ ।

जलवायु परिवर्तनका कारण चरम जलवायु घटनाका क्षेत्रिय र सामयिक ढाँचाहरू परिवर्तन हुन सक्ने सम्भावना छ । हालैका वर्षहरूमा मनसुनी वर्षाको ढाँचा परिवर्तन भै मनसुन समाप्त हुन ढीलो हुँदा सक्रिय मनसुनको अवधि लम्बिन गएको संकेत पाईएको छ । उच्चतीब्रतर चरम वर्षाको क्षेत्रीयप्रवृत्तिवार्षिक वा मनसुनी वर्षाको प्रवृत्तिभन्दा धेरै फरक हुन्छ ।

तराई र चुरे क्षेत्र जहाँ अपेक्षाकृत वार्षिक वर्षा र पानी पर्ने दिनकम हुन्छ, उच्चतीब्रतर चरम वर्षाको चपेटामा नेपालका धेरै ठाउँ परेका छन् । विपद् प्रकोप र संकटउन्मुखताको संयुक्त परिणाम हो । सबैभन्दा जोखिम समूहमाकमआयभएका र गरीब परिवारहरू, सीमान्तकृत र बहिष्कृत समुदायहरू, महिलाहरू, बालबालिका, बृद्ध र अपाङ्गब्यक्तिहरू पर्दछन् । विपद् जोखिम सामाजिक, आर्थिक र राजनीतिक ढाँचा र उनीहरू बीचको अन्तरसम्बन्धमानिर्भर गर्दछ । विपद्का आयामहरू गतिशील छन् । विपदमाप्रत्यक्ष रुपमा देखापर्ने अवस्थावा सम्मुखता र संकटउन्मुखता घटाएर तथाउत्थानशीलताअभिबृद्धि गरेर विपद् जोखिमन्यूनीकरण गर्ने प्रयास हुनु पर्दछ । यसको लागिपूर्वतयारी योजनाअतिआवश्यक छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily