+
Search

ताजा अपडेट +

पपुलर +

पुराना फाइल पल्टाउँदै स्याङ्जा प्रहरी : १७ वर्षको हुँदा अपराध, ६२ वर्षमा पक्राउ

4KNationalDaily
२०७७ आश्विन ५, सोमबार १६:०३ बजे

स्याङ्जा- स्याङ्जाका विभिन्न ठाउँबाट ४८ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

‘विशेष अप्रेशन’ चलाएर आईतबार जिल्लाका विभिन्न ठाउँबाट उनिहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले बताए ।

अदालतबाट अपराध पुष्टि भएपछि लुकेर बसेका कर्तब्यज्यान, हाडनाता करणी, लाागुऔषध, सवारी ज्यान, चेक अनादर र अंशवण्डा लगायत मुद्धामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराएको छ ।

स्याङ्जा हरिनाश गाउँपालिका–५ का ६४ बर्षीय कर्ण बहादुर भट्ट क्षेत्री उर्फ कर्ण बहादुर मह २३ बर्षपछि प्रहरीको फन्दामा परेका छन् । हाडनाता करणी गरेको पुष्टि भएपछि अदालतले उनलाई २३ बर्षअघि नै २ बर्ष जेल सजाय हुने फैसला गरेको थियो ।

चापाकोट नगरपालिका–४ बस्ने ४५ बर्षीय भक्त सुनारी मगर १५ बर्षदेखी फरार थिए । अदालतले उनलाई सवारी ज्यान मुद्धामा २ बर्ष कैद सजाय हुने फैसला गरेको थियो । भक्तलाई चापाकोटबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

डाँका चोरी मुद्धामा ६ बर्ष कैद हुने फैसला भएपछि विगत १० बर्षदेखी फरार थिए, हरिनास गाउँपालिका–१ बस्ने लालबहादुर राम्जाली । ६२ बर्षिय राम्जालीलाई पनि प्रहरीले उनको घरबाट पक्राउ गरेको छ ।

फरार प्रतिवादी पक्राउ अभियान संचालन गरेर स्याङ्जा प्रहरीले भदौमा मात्रै विभिन्न मुद्धाका ८३ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily