+
Search

ताजा अपडेट +

पपुलर +

‘काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा सेना खटाउनुपर्छ’

4KNationalDaily
२०७७ भाद्र २१, आईतवार १५:५८ बजे

काठमाडौं- काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं उपत्यका प्रवेश विन्दुमा नेपाली सेना खटाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा आइतबार भएको बैठकमा प्रजिअ दाहालले उपत्यका प्रवेश गर्ने नाका ठप्प पार्न नसकिने बताए ।

‘ठप्प पार्ने हो भने भोकमरी हुन्छ’ उनले भने, जति कडाई गरे पनि दिनमा दुई हजार मान्छे आउँछन् ।’ त्यसको व्यवस्थापनका लागि उपत्यका प्रवेश गर्ने नाकामा सेना खटाउनुपर्ने उनले बताए ।

‘अहिले नेपाल प्रहरी खटाइएको छ, उसले गर्न सकेन भन्ने होइन । तर सडकमा लडेको जड्याहालाई उठाउनेदेखि सुन चोरसम्म पक्राउ गर्नुपर्ने जिम्मा छ’ उनले भने, ‘नाकाको जिम्मा नेपाली सेनालाई दिऔं भनेका हौं ।’

यसबारे प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन सेन्टरमा समेत पठाएपनि कुनै निर्णय नभएको उनले बताए ।

उनले उपत्यकामा कडाई गर्नुपर्ने र सहजीकरण गर्दै जानुपर्ने अप्ठ्यारो रहेको बताए । चार महिनाको लकडाउन र पछिल्लो पटक तीन साताको निषेधाज्ञाका कारण मानिसहरुले खान नपाएको गुनासो आउन थालेको भन्दै दाहालले भने, ‘कोरोनासँग बाच्न सिक्नुपर्छ ।’

अहिले पनि जनस्वास्थ्यका मापदण्ड सीमित मानिसहरुले मात्र पालना गर्ने गरेको भन्दै उनले यसमा सचेत हुनुपर्ने बताए । सरकारका निकायहरुले आफ्नो मातहतमा पर्ने क्षेत्रको अनुगमन गर्नुपर्ने उनको धारणा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily