गाेरखा- जिल्लामा भाद्र १ गतेबाट जारी भएकाे ‘निषेधाज्ञा’ भाद्र १४ मा हट्याे । संक्रमितकाे संख्या कम भएपछि जिल्लालाई थप ‘चलायमान’ बनाउने भन्दै जिल्ला प्रशासन कार्यालय गाेरखाले सुचना जारी गर्दै २ हप्तादेखि जारी ‘निषेधाज्ञा’ हटायाे ।
‘निषेधाज्ञा’ हटेकाे दिनमा नै गाेरखा नगरपालिकामा १२ जना काेराेनाका संक्रमित थपिए। जिल्लामा काेराेना संक्रमितकाे संख्या बढिरहेकाे अवस्थामा जिल्लालाई थप ‘चलायमान’ बनाउने भन्दै निषेधज्ञा हटाएपछि बिशेष गरी गाेरखा नगरपालिकाका मेयर राजनराज पन्त र जिल्ला प्रशासन कार्यालयकाे चर्चाे आलाेचना भयाे ।
कोरोना संक्रमितको संख्या १ हुदाँ निषेधाज्ञा गरेकाे प्रशसानले संक्रमितको संख्या थपिएसँगै निषेधाज्ञा हटायाे ।याे संगै जिल्लामा आज (शुक्रबार) जिल्ला सदरमुकामका २० सहित २२ जना संक्रमित थपिएका छन् ।
आज थपिएका संक्रमितमध्ये नगरपालिकाका २० जना, गाेरखा घरभएका मनाङमा कार्यरत १, काठमाडाैं छाउनीमा ७, पालुङ्टार नगरपालिका च्याङ्लीका २ जना (चितवनमा उपचार भइरहेकाे), अजिरकाेट गाउँपालिकाकाे १ र शहिद लखनका १ जना गरि ३२ जना संक्रमित थपिएका छन्।
नगरपालिकाकाे वडा नम्बर ६ का कोरोना संक्रमित पुरुषको सम्पर्कमा रहेका थप ६ जनामा नै संक्रमणको पुष्टी भएको छ । यि ६ जना संक्रमित सवै कन्ट्रयाक्ट्र टेसिङमा परेका हुन् ।
वडा न ६ का ४ बर्षकी बालिका सहित ३२ र ५१ बर्षकी महिला र २३, ३५ र ५३ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा स्बाब परिक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, वडा नं १३ का १४ जना र अजिरकोट र शहिद लखन गाउँपालिकाका एक/एक जना छन् ।
गोरखा नगरपालिका १३ का ३, ८, १२, २०, २९, ३०, ३३ र ५० बर्षका दुई महिला र २६ बर्षका २ सहित २८, ४२, ४५ र ६० बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।अजिरकोट गाउँपालिकाका २४ बर्षका संक्रमित भारतबाट फर्किएर क्वारेनटाइनमा बसेका हुन् ।
वडा नम्बर ७ का २ पुरुष र १ महिला पनि एकै घर परिवारका सदस्य हुन् ।
गाेरखा नगरपालिकामा मात्रै ३६
गाेरखा नगरपालिकामा मात्रै ३६ सक्रिय संक्रमित छन् । उनीहरू केहि हप्तामा थपिएका हुन् । याे समाचार तयार पारिरहदाँ गाेरखा नगरपालिका ‘सिल’ गर्ने तयारी भइरहेकाे नगरपालिकाले जनाएकाे छ । अहिले जिल्ला स्तरिय बैठक चलिरहेकाे छ ।
प्रतिक्रिया