+
Search

ताजा अपडेट +

पपुलर +

‘मान्छे मारेर आएको छु’ भन्दै धादिङ प्रहरीलाई टाउको बुझाएपछि…

4KNationalDaily
२०७७ भाद्र १९, शुक्रबार १५:२९ बजे

धादिङ- धादिङका एक युवकले ६५ वर्षीय पुरुषको हत्या गरेर प्रहरीलाई टाउको बुझाउँदै आत्मसमर्पण गरेका छन्। निलकण्ठ नगरपालिका-१३ खलचेत भन्ने ठाँउमा यो घटना बिहीबार राति भएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीका अनुसार खलचेतका २६ वर्षीय राजु परियार राति सवा एक बजे हत्या गरिएका पुरुषको टाउको र खुर्पा बोकेर प्रहरी कार्यालयमा पुगेका थिए।

‘मैले मान्छे मारेर टाउको लिएर आएको छु’ भन्दै मध्यरातमा परियारले प्रहरी समक्ष आत्मसमर्पण गरेको रेग्मीले बताए। परियारले खलचेतकै ६५ वर्षीय सोम बहादुर गुरूङको हत्या गरेका हुन्।

हत्या गरेपछि राति सवा एक बजे झोलामा टाउको र हत्यामा प्रयोग भएको खुर्पा लिएर उनी प्रहरी कार्यालय पुगेका थिए।

उनीहरुबीच आपसी विवादका क्रममा हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी रेग्मीले बताए । मृतकको शव पोष्टमार्टमको तयारी भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको रेग्मीले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily