+
Search

ताजा अपडेट +

पपुलर +

कोरोना महामारी : विश्वभर संक्रमितको संख्या २ करोड ६२ लाखनजिक, ८ लाख ६६ हजारको मृत्यु

4KNationalDaily
२०७७ भाद्र १९, शुक्रबार ०७:४६ बजे

एजेन्सी–विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ६२ लाखनजिक पुगेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड ६१ लाख ९८ हजार ९५ पुगेको हो।

हालसम्म कोरोना संक्रमणबाट ८ लाख ६६ हजार ५ सय ९८ जनाको मृत्यु भइसकेको छ भने १ करोड ७४ लाख ७ हजार २ सय ८० जना निको भइसकेका छन्।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ६१ लाख ४६ हजार ५ सय २४ पुगेको छ भने १ लाख ८६ हजार ६ सय ९८ जनाको मृत्यु भएको छ।

यस्तै, ब्राजिलमा ४० लाख ४१ हजार ६ सय ३८ संक्रमित र १ लाख २४ हजार ६ सय १४ को मृत्यु, भारतमा ३८ लाख ५३ हजार ४ सय ६ संक्रमित र ६७ हजार ३ सय ७६ को मृत्यु, रुसमा १० लाख ६ हजार ९२ संक्रमित र १७ हजार ४ सय ७९ को मृत्यु भएको छ।

मेक्सिकोमा ६ लाख १० हजार ९ सय ५७ जना संक्रमित भएका छन् भने ६५ हजार ८ सय १६ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily