+
Search

ताजा अपडेट +

पपुलर +

‘दारिमबोटे काण्ड’ : खास यस्ताे थियाे नालीबेली !

4KNationalDaily
२०७७ भाद्र १७, बुधबार १९:११ बजे

२०३२ साल वैशाख ३ गते गोरखा ताक्लुङ्ग घर भई घ्याल्चोक पढाउँदै आउनु भएका शिक्षक तुलसी खनाल ज्ञान ज्योति मावि लप्सिबोटमा हाजिर हुनुभयो। त्यससँगै उहाँले आफू बस्ने डेरा चाहिँ लामिडाँडामा मिलाउनु भएको थियो । लामिडाँडा बाक्लो घरहरू भएको बाहुन बस्ती हो।

जुद्दोदय पब्लिक हाइस्कुलबाट २०२३ सालमै एसएलसी पास गरिसक्नु भएका ‘खनाल सर’ त्यहीताका निर्मल लामाको सम्पर्कमा कम्युनिस्ट बनिसक्नु भएको थियो। वाचस्पति देवकोटाका भाइ माधव देवकोटालाई आफ्नै कोठामा सँगै राखेर पढाउने गर्दागर्दै देवकोटाका पनि उहाँको घनिष्ठ मित्र हुन पुग्नु भएको थियो।

शिक्षक पनि हुने पार्टीको काम पनि गर्ने उद्देश्यले उहाँ समय क्रममा २०३२ मा नै लप्सीबोट पुग्नु भएको थियो। सुखद संयोग के रह्यो भने लामिडाँडा उहाँको निम्ति अत्यन्तै अनुकूल बनिदिन सहमत भइदियो। पुराना पुस्ताका टीकाराम अधिकारी (छोटे बुढा) तुलसी सरले जे भने त्यही मान्थे। त्यति मात्र होइन सानातिना मुद्दा मामिला समेत तुलसी सरसँग सोधेर मात्र हल गर्ने व्यवस्था मिलाउँथे।

लामिडाँडासंगै गाउँ तुलसी सर बसेको केही समय पछि नै कम्युनिस्ट भयो। गोरि आमा (उहाँको श्रीमानको नाम अम्मर बहादुर अधिकारी हो) को घरमा उहाँको डेरा थियो। व्यवस्था निर्दलीय थियो। राजनीतिक पार्टीहरू प्रतिबन्धित थिए तैपनि तुलसी सरले दिउँसै पार्टी भेला राख्नु हुन्थ्यो। उता विद्यालयमा पनि वामपन्थी शिक्षकहरू थपिँदै गए। साइन्स पढाउन जनकपुरबाट बिन्देश्वरी यादव आए। उनी पनि कम्युनिस्ट थिए।तुलसी सर र बिन्देश्वरी यादवको डेरा एउटै थियो। स्थानीय ऋषि अधिकारी पनि शिक्षक भएर आउनु भयो।

त्यही साल सुरेश वाग्ले(पछि जनयुद्धमा सहिद) पनि शिक्षक भएर त्यहाँ पुग्नु भयो। अब लामिडाँडा मात्र होइन विद्यालयमा विद्यार्थीलाई पनि अखिल बनाउने योजना बन्यो। खिल बहादुर बसौला, मुक्ति अधिकारी, गोपिराज तामाङ, छवि अधिकारी, बाबुराम अधिकारी, दुर्गा भट्ट, विश्वनाथ अधिकारी, लिला धर अधिकारी, पूर्ण गुरुङहरू अखिलको संगठनमा आबद्ध भए।

बुबा श्रीनाथ अधिकारी यता काठमाडौं पढ्दै गर्दा नै अखिल भइसक्नु भएको थियो। २०३४ मा नारायणी सिँचाइ आयोजनामा जागिर खाने क्रममा नै नेकपा चौमको सदस्य बनिसक्नु भएको थियो। २०३५ मा बुबा छुट्टीमा गाउँमा जाँदा लप्सीबोट क्षेत्र पुरै वामपन्थी भइसकेको थियो। यसो हुनुमा तुलसी सर, यादव, अधिकारी, वाग्ले र अखिलमा आबद्ध विद्यार्थीहरूको ठुलो भूमिका थियो।

०३६ मा बुबाले जागिर छोडेर पूर्णकालीन बन्नु भयो।चितवन पार्टीले उहाँलाई गोरखा पठायो। २४ वर्षकै उमेरमा जागिर छोडेर भूमिगत पार्टीको पूर्णकालीन बन्नु आफैँमा चुनौतीपूर्ण कुरा थियो। ०३६ सालमा भएको गोरखा जिल्ला पार्टीको प्रथम जिल्ला सम्मेलनले उहाँलाई जिल्ला सदस्यमा निर्वाचित गर्‍यो।

२४ वर्ष कै उमेरमा ओभरसियरको जागिर छोडेर पूर्णकालीन कार्यकर्ता भएकाले र जिल्ला सदस्य समेत भएकोले ०३६ को सुरुवाती कालमा उहाँ नै लप्सीबोट क्षेत्रमा मुख्य नेतृत्वमा स्थापित हुन हुन पुग्नु भयो। तुलसी सर ,सुरेश सर, ऋषि सर यादव सरको कारण लामिडाँडा मुख्य आधार इलाका जस्तै भयो।

धेरै कार्यक्रमहरू त्यहीँ बन्ने गर्दथे। ०३६ तिरबाट विद्यालय प्रशासन काँग्रेसतिर ढल्क्यो। प्रशासनको पक्ष धरता काँग्रेसतिर भएको र केही शिक्षक र विद्यार्थी पनि उतै उभिएकाले विद्यालयमा चर्को ध्रुवीकरण सुरु भयो। अखिलहरू प्रशासनका विपक्षमा देखिए। विद्यालय प्रशासनले नेबिसँघलाई प्रयोग गरी अखिल संगठन बिगार्ने, भत्काउने, कुच्च्याउने गर्न थाल्यो।

अखिलका विद्यार्थीमाथि सबै खालका ज्यादतीहरू हुन थाले। ०३६ सालको फागुन महिनामा विद्यालय प्रशासनमाथि ठुलो जनप्रतिरोध कारबाही भयो । यसलाई आजसम्म पनि ‘दारिमबोटे काण्ड’ भनेर चिनिन्छ। `दारिमबोटे काण्ड´ पछि नन्दलाल अधिकारी (लप्सीबोट लामिडाँडा), बाबुराम अधिकारी(दिवङ्गत) (लप्सीबोट लामिडाँडा), छवि अधिकारी (लप्सीबोट लामिडाँडा), गोरी हजुरआमा (लप्सीबोट लामिडाँडा), नेत्र बहादुर बिक(लप्सिबोट लामिडाँडा), डालनाथ अधिकारी (लप्सीबोट) दिननाथ अधिकारी (लप्सीबोट), हरिचन्द्र अधिकारी (दिवङ्गत)(लप्सीबोट), होमनाथ अधिकारी(शिक्षक) (लप्सीबोट), फडिन्द्र अधिकारी (लप्सीबोट), एकदेव अर्याल (लप्सीबोट), शशिधर धिताल(लप्सीबोट), डा.बाबुराम अधिकारी (लप्सीबोट), हरिराम अधिकारी (लप्सीबोट), चन्द्र अधिकारी (लप्सिबोट), बुद्धिवल बिक (राज्यद्वारा बेपत्ता)(लप्सीबोट) पहिलो कम्युनिस्ट पुस्ता बनेर उभिए ।

क्रमशः, बामदेव अधिकारी (दिवङ्गत) (लप्सीबोट), धन बहादुर नेपाली (नम्की), झुमनाथ अधिकारी (हंसपुर), तुलसी अधिकारी (हंसपुर), खेमराज दवाडी (हंसपुर), भरत अधिकारी (राज्यद्वारा बेपत्ता) (हंसपुर),पद्मनाथ खनाल(हंसपुर),चन्द्र खनाल (राज्यद्वारा बेपत्ता)(हंसपुर), कुश्माखर अधिकारी (काफलडांडा), मायानाथ अधिकारी (शिक्षक) (लप्सीबोट), रुद्र अधिकारी (लप्सिबोट), लुमनाथ अधिकारी (लप्सीबोट ), मुक्ति बिक (लप्सिबोट), माधव अधिकारी (राज्यद्वारा बेपत्ता) (काफलडांडा), माधव अधिकारी (शिक्षक) (काफलडांडा), भीमसेन भुजेल (भच्चेक), कमान बहादुर भुजेल (काफलडांडा), हिमलाल दवाडी (दिवङ्गत) (काफलडांडा), राम प्रसाद अधिकारी (काफलडांडा), विश्वनाथ अधिकारी (काफलडांडा), गंगा बहादुर भुजेल (काफलडांडा), धन बहादुर भुजेल (काफलडांडा), मुक्ति अधिकारी (डिटार), एकदेव दवाडी (काफलडांडा), भोजनाथ धिताल (लप्सीबोट), उदय घिमिरे (दिवङ्गत) (लप्सीबोट), बुद्धिराज गुरुङ (बुद्धसिंह), पूर्ण बहादुर गुरुङ (बुद्धसिंह), कृष्ण अधिकारी (बुद्धसिंह), सोमनाथ अधिकारी (बुद्धसिंह), हरिराम दवाडी (काफलडांडा), विष्णु भुजेल (काफलडांडा), पूर्ण दवाडी (काफलडांडा), गुण बहादुर अधिकारी (काफलडांडा), नेत्र देवकोटा (मुच्चोक), बालनाथ दवाडी, फोम बहादुर गुरुङ (बुद्धसिँ), रामनाथ सापकोटा (खरिबोट), प्रेम सापकोटा (दिवङ्गत) (खरिबोट), शेखर न्यौपाने (झ्यावाँ) लगायतको पुस्ता पहिलो कम्युनिस्ट पुस्ता बनेर उभियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily