+
Search

ताजा अपडेट +

पपुलर +

कतारमा श्रमिकको तलब वृद्धि, तीन लाख नेपाली कामदार लाभान्वित

4KNationalDaily
२०७७ भाद्र १६, मंगलवार ०९:३४ बजे

काठमाडौं- कतार सरकारले आप्रवासी श्रमिकको तलब वृद्धि र रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ। कतारले दुईवटा कानुन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हाे ।

अब कतारमा न्युनतम तलब एक हजार रियाल कामय भएको छ। त्यसैगरी हरेक श्रमिकलाई आवासका लागि प्रतिमहिना पाँच सय रियाल तथा खानाका लागि तीन सय रियाल थप दिनुपर्ने छ।

यससँगै कतारमा खाना तथा आवाससहित न्युनतम तलब एक हजार आठ सय रियाल हुने छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आईटीयुसी)ले कतार सरकारको उक्त निर्णय ऐतिहासिक भएको बताएका छन्।

कतारका लागि नेपालका राजदूत डा.नारदनाथ भारद्वारले यो नयाँ व्यवस्था नेपाली कामदारको लागि लाभप्रद रहेको र यसबाट तीन लाख नेपाली कामदार लाभान्वित हुने बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily