+
Search

ताजा अपडेट +

पपुलर +

पीसीआर जाँच : भनसुन गर्नेको रिपोर्ट तुरन्तै आउँछ, नसक्नेहरू कुरेको कुर्‍यै!

4KNationalDaily
२०७७ भाद्र १५, सोमबार ०७:५७ बजे

काठमाडौं- सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा भदौ १ गते बैंकका कर्मचारीमा पहिलो पटक कोरोना देखियो। ग्लोबल आईएमईका एक पुरुष कर्मचारीले साउन ३० गते स्वाब दिएका थिए। त्यसको रिपोर्ट भदौ १ गते पोजिटिभ आयो।

धनगढीमा दुईवटा शाखा रहेको ग्लोबल आईएमईका ३९ कर्मचारीले भदौ १ गते नै स्वाब दिए। त्यसको रिपोर्ट दुई दिनपछि आयो। नजिकै रहेको अत्तरिया शाखाका ११ कर्मचारीको स्वाबको रिपोर्ट आउन भने नौ दिन कुर्नुपर्‍यो।

‘बैंक अत्यावश्यक सेवाभित्र पर्छ। पैसा समात्नै पर्छ। भीडभाड भए पनि काम गर्नै पर्छ’, ग्लोबल आईएमईका सुदूरपश्चिम प्रदेश प्रमुख मुकुन्द भट्ट भन्छन्, ‘तर, यसरी ढिला रिपोर्ट आएकाले कर्मचारी नौ दिनसम्म मानसिक तनावमा परे।’

सानिमा, कृषि विकास, सिभिल बैंकका कर्मचारीमा कोरोना पुष्टि भएपछि नेपाल राष्ट्र बैंकसँगको समन्वयमा विभिन्न बैंकका थप १ सय ५ जनाले स्वाब दिए। तर, उनीहरूको रिपोर्टका लागि पनि पाँच दिन लाग्यो।

‘जनसम्पर्क बढी हुने कार्यालय भनेको बैंक हो। पैसाबाट पनि सर्छ भनेपछि बैंकका कर्मचारी त अझ जोखिममा हुने नै भए’, बैंकर्स क्लबका सुदूरपश्चिम अध्यक्ष धर्म विष्ट भन्छन्, ‘तर, स्वाब दिएको हप्ता दिनसम्म पनि रिपोर्ट नआउँदा कर्मचारीमा मानसिक तनाव देखिने गरेको छ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily