+
Search

ताजा अपडेट +

पपुलर +

मुग्लिनमा अस्थायी प्रहरी पोष्ट : मन्त्री चुमान भन्छन् ‘पूर्वाधारयुक्त प्रहरी संरचना विकास गर्न सरकार तत्पर’

4KNationalDaily
२०७७ भाद्र १३, शनिबार २१:०३ बजे

तनहुँ– गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादु चुमानले प्रहरी सेवाको विस्तार र भौतिक पूर्वाधारयुक्त प्रहरी संरचना निर्माणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनी मुग्लिन पुलजिपमा निर्माण गरिएको अस्थायी प्रहरी पोष्टको शनिबार निरिक्षण गर्दै मन्त्री चुमानले प्रदेश अन्तर्गतको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै आम नागरिकको सहज पहुँच हुनेगरि प्रहरी सेवाको विस्तार गरिने बताएका हुन् ।

मन्त्री चुमानले गण्डकी प्रदेशको मुख्य प्रवेशद्वारमा अवस्थित रहेको उक्त प्रहरी कार्यालयको स्थापनाले प्रदेशकै शान्ति सुरक्षामा अहम् भूमिका निर्वाह गर्ने बताए।

कोरोना भाईरसको सङ्क्रमणलाई थप फैलन नदिन सीमा नाकामा हुनुपर्ने चेकिङ लगायत सुरक्षा सतर्कतामा थप सहजता प्रदान गर्न प्रहरी पोष्टले सहयोग पुग्ने उनले विश्वास लिए ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्यालले प्रहरी पोष्टको स्थापनाले शान्ति सुरक्षा तथा अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानमा थप प्रभावकारिता प्रदान गर्ने बताए ।

उनले आम नागरिकका समस्या समाधानका लागि प्रहरीको मनोबल उच्च हुने विश्वास व्यक्त गर्दै प्रदेश अन्तर्गत नेपाल प्रहरीको सेवा विस्तारमा प्रदेश सरकारको तत्परता प्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily