+
Search

ताजा अपडेट +

पपुलर +

थप ८ सय ८४ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्र १ सय ८६

4KNationalDaily
२०७७ भाद्र १३, शनिबार १७:५८ बजे

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबार विभिन्न जिल्लामा ८ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३७ हजार ३४० पुगेको छ । यस्तै प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ३१३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

योसँगै कोरोनाबाट निको हुनेको संख्या २० हजार ५५५ पुगेको छ ।काठमाडौँ उपत्यकामा आज थप १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ५५ जना, भक्तपुरमा १२ जना र ललितपुरमा १९ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily