+
Search

ताजा अपडेट +

पपुलर +

नेपालमा पछिल्लो २४ घण्टामा ११ सय ११ जनामा कोरोना पुष्टि, ५६९ जना निको भए

4KNationalDaily
२०७७ भाद्र ११, बिहीबार १६:३४ बजे

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले देशभरमा थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

यो एकैदिन संक्रमित हुनेमध्येको अहिलेसम्मकै उच्च हो। प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ६९९ जनाको पीसीआर परीक्षण गरिएको उनले जानकारी दिए। त्यस्तै पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २० हजार ७३ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily