+
Search

ताजा अपडेट +

पपुलर +

माओवादीले ध्वस्त बनाएको ‘प्रहरी चौकी बुङकोट’काे भवन उद्घाटन

4KNationalDaily
२०७५ माघ १८, शुक्रबार २१:५७ बजे

गोरखा-  सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन माओवादीको आक्रमणबाट ध्वस्त भएको प्रहरी चौकी पुनर्निर्माण गरिएको छ ।

ग्रामीण क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा दिनका लागि शहिद लखन गाउँपालिका-७, बुङकाेटकाे प्रहरी चौकीको भवन पुन निर्माण गरिएको हो ।

नागरिकलाई सेवा दिँदै आएको प्रहरी चौकीको आधुनिक भवन निर्माण सम्पन्न भएपछि एक कार्यक्रमका विच उद्घाटन गरिएकाे हाे । द्वन्द्वकालमा तत्कालीन माओवादीको आक्रमणबाट ध्वस्त बनेपछि विस्थापित बनेको प्रहरी चौकी शान्ति स्थापनासँगै पुनस्थापना गरिएकाे थियाे ।

राष्ट्रिय पुन:निर्माण प्राधिकरण कोषको १ कराेड ४४ लाख ८९ हजार लागतमा निर्मित प्रहरी चौकीको ४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले उद्‍घाटन गरेका हुन् । साे अवसरमा उनले शान्ति सुरक्षा प्रवाहमा कुनै कसर बाँकी नराख्न माताहाका निकायलाई निर्देशन दिए ।

पुर्न निर्माण प्राधिकरण काेषकाे सहयाेगमा भवन निर्माण कार्य सम्पन्न भएपछि प्रहरी चौकी उद्घाटन गरिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । बम विष्फोट गरी ध्वस्त पारीदिए पछि पछिल्लो समय प्रहरीले अस्थायी प्रहरी क्याम्प खडा गरी सेवा दिदै आएको थिए ।

नवनिर्मित भवनमा कार्यालय प्रमुखको निवास, हिरासत, महिला तथा पुरुष व्यारेक, किचन, डाइनिङ्ग हल, प्रशासन र सञ्चार कक्ष लगायतका कोठाहरुको व्यवस्थापन गरिएको छ ।

शहिद लखन गाउँपालिका वडा नं.- ७, बुङकोटमा भएकाे कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष शरण कुमार श्रेष्ठ, रणसिंह दल गण गोरखाका प्रमुख चन्दनसिंह थापा, प्रहरी उपरिक्षक भोला बहादुर रावल, लाल बहादुर आर्चायकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily