+
Search

ताजा अपडेट +

पपुलर +

आजदेखि एकसाथ तीनवटा नेपाली फिल्म गोपी

4KNationalDaily
२०७५ माघ १८, शुक्रबार १५:५८ बजे

काठमाडौं-आजदेखि एकसाथ तीनवटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् । गोपी, रणवीर र सय कडा दशले हलमा प्रतिस्पर्धा थालेका हुन् ।

दीपेन्द्र लामाको कथा र निर्देशनमा बनेको गोपी गाईपालनमै करिअर बनाउन चाहने शिक्षित युवकको संघर्षको कथा हो । विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, प्रकाश घिमिरे, अंकित खड्कालगायतका कलाकारले अभिनय गरेको फिल्मको बुधबार राजधानीमा प्रिमियर गरियो ।

कृषिमन्त्री चक्रपाणि खनाल, उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणालगायतका नेता, व्यवसायी, सञ्चार तथा फिल्मकर्मीको उपस्थिति रहेको सोमा उनीहरूले गोपी मन परेको प्रतिक्रिया दिए ।

रणवीर भने डेब्यु निर्देशक गोविन्दसिंह भण्डारी निर्देशित फिल्म हो । दीपेन्द्र रेग्मी र गोमा विष्ट थापाले निर्माण गरेको रणवीर एक्सन लभस्टोरी फिल्म हो । फिल्ममा सुशील सिटौला, प्रशान्त ताम्राकार, सुबेच्छा खड्का, सुपुष्पा भट्ट, हरिहर शर्मालगायतका कलाकारले अभिनय गरेका छन् ।

गोपी र रणवीरसँग प्रदर्शनमा आएको सय कडा दश भ्रष्टाचारविरोधी कथामा निर्मित फिल्म हो । रामशरण पाठकको लेखन र निर्देशनमा बनेको फिल्ममा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगानालगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily