गोरखा– बिशेस गरि मगर समुदायको मौलिक र ऐतिहासिक पहिचान बोकेको गितको रुपमा रहेको कौराहा गित ‘गोर्खा बजार’ को म्युजिक भिडियो सार्वजानिक भएको छ ।
शब्द शंकलक गायक राजन थापा मगर र सम्झना गुरुङको सुमधुर आवाज रहेको उक्त कौराहा गीतमा अन्य कलाकार डी बी गुरुङ, प्रितम गुरुङ, रोशन राना मगर, प्रेमा राना मगरले पनि साथ् दिएका छन ।
चित्र मास्की मगरको निर्देशनमा तयार पारिएको यस गीतको म्युजिक भिडियोलाई पुराना र चर्चित छायाँकार शम्भु चालिसेले छायाँकन गरेका छन् ।
उक्त भिडियोमा पछिल्लो समय चर्चामा आएकी मोडल एव नृत्यांगना अमिशा राना मगरको आकर्षक अभिनय, नृत्य देख्न सकिन्छ उनलाई साथ दिएका छन् सौगात थापा मगर र अन्य कलाकारहरुको समुहले ।
सोहि म्युजिक भिडियो मार्फत गोर्खाको मकैपुर, मास्कीछाप र विभिन्न रमणीय स्थानहरुको पनि परिचय दिन खोजिएको छ ।
मगर्स क्रियशन कम्पनीले नाइस टेलिभिजनको युट्युब च्यानल मार्फत यस गीतलाई बजारमा सार्बजनिक गरेको हो ।
भिडीयोलाइ भरपुर प्रबिधिको प्रयोग बाट राम्रो बनाउने प्रयास भएको छ । म्युजिक भिडियोले धेरै दर्शक श्रोताले मन पराउने बिश्वास गर्न सकिन्छ ।
प्रतिक्रिया