+
Search

ताजा अपडेट +

पपुलर +

सिरानचोक गाउँपालिकाको केन्द्र ‘चित्रेपोखरी’

4KNationalDaily
२०७७ असार २५, बिहीबार २१:४४ बजे

गोरखा– सिरानचोक गाउँपालिकाको केन्द्र चित्रेपोखरी हुने भएको छ । असार २४ गते बसेको कार्यपालिकाको २१ औँ बैठकले गाउँपालिकाको केन्द्र वडा न ५ को चित्रेपोखरीमा सार्न प्रस्ताव गरेको हो ।

‘सबैलाइ मान्य हुने तथा पालिकाको पायक पर्ने स्थानहरुको सुची खोज्दै जाँदा हामीलाइ पालिकाको केन्द्रभाग चित्रेपोखरी हुन आयो’, गाउँपालिकाका अध्यक्ष राजु गुरूङले भने ‘केहि कार्यपालिकाका सदस्यले साविकको केन्द्रमा नै राख्नुपर्ने माग समेत गर्नुभएको छ ।’

गाउँकार्यपालिकाको असार ३१ गते गाउँसभा तथा अधिबेशन छ । उनका अनुसार त्यहि सभा तथा अधिबेशनले पालिकाको प्रशासनिक केन्द्र काहाँ हुने निर्धारण गर्नेछ । २०७३ सालमा स्थानीय तह लागु भएपछि गाउपालिकाको केन्द्र साविकको छोप्राकको मैदानमा कायम भएको थियो ।

‘तत्काल केन्द्र कायम भएपछि आर्को व्यबस्था नभएसम्म साविकको छोप्राक गाविसको भवनलाइ नै प्रशासनिक कार्यलय कायम भयो’ उनले भने ‘र अहिलेसम्म यहि भवनबाट कार्यसम्पादन गदैँ आएका छाैं । त्यो भवनसँगै रहेका अन्य घरहरुसमेत पालिकाले मासिक ५० हजार भाडा तिर्ने शर्तमा आवास तथा अन्य कार्यलय छन् ।’

सिरानचोकको प्रवेशद्धारको रुपमा रहेको चोरकाटे आफै बजारको रुपमा विकास भएको र सँघिय र प्रदेश सरकार तथा गाउपालिकाको सयुक्त लगानीमा ४५ रोपनी जग्गामा उद्योग ग्राम सञ्चालनमा आउने गाउँपालिकाकाे दावी छ।

जैवारी श्रीनाथकोट गाखु र चित्रेपोखरी जोड्ने गरी ‘सिरानचोक चक्रपथ’को निर्माण आगामी आर्थिक बर्षमा सकिने भएको हुदाँ जैवारी, श्रीनाथकोट र गाखुका जनताले सजिलै र छोटो दुरीको सडक पहुच पुग्ने अध्यक्ष गुरूङ दावी गर्छन् ।

गाउपालिकाको केन्द्र चित्रेपोखरी भएमा सिरानचोक गाउपालिकाको आर्थिक चलायमान नयांबजार र बस्तीको बिकास समेत हुनेछ । साथै सिरानचोकोट वरिपरि रहेका ७ वटा वडाको माथिल्लो भागको समग्र विकास  हुनेछ ।

इतिहासमा तत्कालिन गोरखा राज्यको सिमानाको रक्षा किल्ला रुपमा स्थापित एतिहासिक ‘सिरानकोटकोट’ समेत पहिचान हुनेछ । चित्रेपोखरीमा करिब २५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने दाता समेत तयार छन ।

‘केन्द्रका विषयमा कार्यपालिकाका साथीहरुका केहि असमति तथा फरक मत राख्नुभएकाे छ ’ उनले भने ‘चित्रेपोखरीमा केन्द्र कायम हुदाँ आठवटै वडालाइ दुरीका हिसावले समेत नजिक हुन्छ । ’

गाउपालिकाको केन्द्र किन चित्रेपोखरी

साविकको जौवारी, श्रीनाथकोट, गाखुँ, छोप्राक, हर्मी, थालाजुङ र केरावारी गाविस मिलेर बनेको सिरानचोक गाउपालिकाको केन्द्र चित्रेपोखरी कायम भएमा ८ वटै वडालाइ भौगोलिक हिसावल समेते सहज हुन्छ ।

करिव १२१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको गाउपालिकामा हरेक वडार्कायलय सम्म सडक सञ्जाल विस्तार भएको छ । वडाकार्यलयबाट चित्रेपोखरीको दुरी सबै वडालाइ उतिकै छ । वडा न ८ को जौवारी देखि वडा न १ को केराबारीका जनतालाइ समेत उचित दुरी कायम हुने गाउपालिकाको बुझाइ छ ।

के छ व्यबस्था

स्थानीय सरकार संचालन ऐन दफा ४ को ५ मा बहुमतका आधारमा पनि केन्द्र सार्न पाउने अधिकार छ । स्थानीय सरकार संचालन ऐनको दफा ५ मा उल्लेख छ- ‘यस दफामा अन्यत्र जनुसुकै कुरा लेखिएको भएतापनि गाउपालिका तथा नगरपालिकाको पहिलो निर्वाचन भएको मितिले ६ महिनाभित्र सम्बन्धित सभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट प्रस्ताव पारित गरी एक पटकका लागि गाउपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्न नेपाल सरकारमा सिफारिस गरेमा नेपाल सरकारले सो सिफारिस बमोजिम नाम वा केन्द्र हेरफेर गर्नुपर्नेछ ।’

स्थानीय निकाय संचालन ऐनअनुसार एकपटक सारिसकेको केन्द्र परिवर्तन गर्न नगरसभाको तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाई बहुमत आवश्यक पर्ने ब्यवस्था स्थानीय सरकार संचालन ऐनको दफा ३ मा उल्लेख छ । तर, सिरानचाेककाे हकमा भने अहिलेसम्म केन्द्र सार्ने निर्णय भएकाे छैन ।

ऐनको दफा ३ मा उल्लेख छ- ‘गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्नुपरेकामा सम्बन्धित सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकार मार्फत् नेपाल सरकारमा पठाउनुपर्नेछ ।’

भाैगाेलिक स्थिति

सिरानचोक गाँउपालिका नेपालको प्रशासनिक विभाजन अनुसार गण्डकी प्रदेशमा पर्दछ l समुन्द्रि सतहबाट ४३४ मि.को उचाई देखि १९७३ मि.को उचाई सम्म फैलिएको यो गाँउपालिका पहाडि भू-बनोट भएको गाउँपालिका हो l सिरानचोक गाउँपालिका गण्डकी प्रदेशमा अवस्थित गोरखा जिल्लाको मध्यभागको उच्च पहाडि भागमा अवस्थित छ l

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily