+
Search

ताजा अपडेट +

पपुलर +

डिशहोम डिलर दाइको डिस्काउन्ट : एक/एक लाख पाउने दुई विजेता छनोट

4KNationalDaily
२०७७ असार १३, शनिबार १५:१९ बजे

काठमाडौं- डिशहोम डिलर दाइको डिस्काउन्ट योजनाअन्र्तगत ‘लाइभ लक्की ड्र’मार्फत दुई जना भाग्यशाली विजेता छनौट भएका छन्।

योजना अन्तर्गत असार १२ गते भएको लक्की ड्रमार्फत डिशहोमको सेटअप बक्सको क्यास आइडी नं ७१९१३८१२७५७ र ०२५५८१८९४०४ विजेता बन्न सफल भएका हुन्।

यही असार ५ गतेदेखि ११ गतेसम्म फन्ड ट्राफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर डिशहोमका च्यानल नं १००, १०१ र रमाइलो टिभीमा लाइभ ड्रमार्फत २ जना विजेता छनोट भएको डिशहोमले जानकारी दिएको छ।

योजना अनुसार दुई जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति एक लाख नगद प्राप्त गर्ने छन्।

कम्पनीले असार १२ गते शुक्रबारदेखि असार १८ गते बिहीबारसम्म डिशहोमको आधिकारिक विक्रेताहरुमार्फत फनड ट्रान्सफर सेवाबाट वार्षिक रिचार्ज गर्नु हुने ग्राहकहरुलाई असार १९ गतेका लाइभ लक्की ड्रमा समावेश गरिने बताएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily