काठमाडौं- नेपाल र यूएईबीचको दोस्रो एकदिवशीय खेलमा सन्दीप लामिछानेले ह्याटिक गरेका छन् । एकै ओभरमा उनले तीन विकेट लिएका छन् ।
उनले विकेट मात्र लिएका छैनन् २ ओभरमा २ रन दिएर ३ विकेट लिएका छन् । विश्वलाई चकित बनाएका नेपाली स्पीनर सन्दीपले एकै ओभरमा तीन विकेट लिएर ह्याटिक गरेका छन् ।
१५ औं ओभर उनका लागि इतिहास बन्यो । दुवईसँगको एकदिवसीय खेलमा सन्दीपले इतिहास रचेका छन् । अर्का फास्ट बलर सोमपाल कामीले पनि चार विकेट लिएर यूएईलाई धरासायी बनाएका छन् ।
दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीको मैदानमा नेपालले दिएको २४३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको युएईले सस्तैमा ७ विकेट गुमाएको छ ।
प्रतिक्रिया