+
Search

ताजा अपडेट +

पपुलर +

कर लिनका लागि शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

4KNationalDaily
२०७७ जेष्ठ २१, बुधबार १५:०८ बजे

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कर असुलीका लागि शनिबार पनि बैंकहरुलाई आफ्ना शाखा कार्यालय खोल्न निर्देशन दिएको छ।

मन्त्रिपरिषदको निर्यण अनुसार करदाताहरुले बुझाउनु पर्ने फागुन र चैत महिनाको कर विवरण आय विवरण तथा ती विवरण अनुसार भुक्तानी गर्नु पर्ने कर दाखिला गर्ने मितिसम्म शनिबार तथा जुनसुकै सार्वजनिक बिदामा पनि राजस्व संकलन गर्ने शाखा तथा काउन्टर खोल्न राष्ट्र बैंकले निर्देशन दिएको हो।

सरकारले चैत र फागुन महिनाको राजस्व आगामी जेठ २५ गतेभित्र भुक्तानी गर्न निर्देशन दिएको छ। यदि तोकिएको समयभित्र राजस्व कर तथा राजस्व भुक्तानी नगरेमा जरिवाना लाग्ने भन्दै चेतावनी दिँदै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily