+
Search

ताजा अपडेट +

पपुलर +

पछिल्लो २४ घण्टामा थप १६६ मा कोरोना संक्रमण, संक्रमितको संख्या १५६७ पुग्यो

4KNationalDaily
२०७७ जेष्ठ १८, आईतवार १६:४७ बजे

काठमाडौं- नेपालमा थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्।

उनका अनुसार देशका विभिन्न स्थानमा प्रयोगशालामा गरिएको परीक्षणमा थप १६६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ५ सय ६७ जना पुगेको छ। हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय २० जना उपचारपछि निको भएर घर फर्किएका छन्।

नेपालमा कोरोना संक्रमणका कारण ८ जनाको भने मृत्यु भइसकेको छ। आइतबार बाजुरमा मृत्यु भएकी २ वर्षीया बालिकामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र संक्रमित पुष्टि भएकामा पोखरामा ३ जना, स्याङ्जाका दुई, तनहुँका एक पर्सा सुगौलीका ५ जनामा कोरोना पोजिटिभ देखिएको छ। त्यस्तै जुम्लामा गरिएको परीक्षणमा ३७ जना पोजिटिभ देखिएको छ। जसमा कालिकोटका १८ जना, दैलेखका १८ जना र बाजुराका १ जना रहेका छन्।

त्यस्तै सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका २५ र सुर्खेत १, धुलिखेलमा गरिएको परीक्षणमा कपिलवस्तुका १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

भेरी अस्पतालमा गरीएको परीक्षणमा बाँकेका ८ जना, धरानमा गरिएको परीक्षणमा सप्तरीका १२ जना, सेती अस्पतालमा कैलालीका ३ जना तथा बाजुराका २ जना, कोशी अस्पतालमा झापाका ४, मोरङका १ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषा, कपिलवस्तु, रौतहट र सर्लाहीका ६४ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily