काठमाडौं- नेपालमा कोरोना संक्रमणबाट थापा एक जनाको मृत्यु भएको छ। दैलेख जिल्लाको दुल्लु नगरपालिका-७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना भाइरस परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको पुष्टि गरे ।
शनिबार बिहान दुल्लु नगरपालिका–११ का ३५ वर्षीय ती युवकको क्वारेन्टाइनमा मृत्यु भएको हो । तीन दिनअघि युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो । भारतबाट फर्किएका उनी क्वारेन्टिनमा बसेको १० दिन भएको थियो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या सात पुगेको छ । यसअघि सिन्धुपाल्चोक, गुल्मी, अर्घाखाँची, ललितपुर, बारा र बाँकेमा पनि १–१ जनाको मृत्यु भएको थियो । नेपलमा हालसम्म १४ सय १ जनामा कोरॉना संक्रमण भएको छ भने २ सय ९९ जना निको भएर घर फर्किसकेका छन्।
प्रतिक्रिया