काठमाडौं- कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ६ पुगेको छ। अर्घाखाँचीका ३५ वर्षीय पुरुषको मृत्यु भएसँगै यो संख्या ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
भारतबाट आएका उनको बिहीबार राती निधन भएको थियो। उनको मृत्युपछि आएको कोरोना परीक्षणको रिपोर्टमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। यसअघि नेपालमा पाँच जनाको मृत्यु भइसकेको छ।
शुक्रबार थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्।
प्रतिक्रिया