+
Search

ताजा अपडेट +

पपुलर +

नेपालमा अहिलेसम्मकै बढी संक्रमित देखिए, आजमात्रै १७० जनामा कोरोना पुष्टि

4KNationalDaily
२०७७ जेष्ठ १६, शुक्रबार १६:३३ बजे

काठमाडौं- शुक्रबार थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्।

उनका अनुसार विभिन्न स्थानमा प्रयोगशालमा गरिएको परीक्षणमा यी व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ हजार २ सय १२ पुगेको छ। हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय ६ जना उपचारपछि निको भएर घर फर्किएका छन्। प्रवक्ता देवकोटाका अनुसार कोसी अस्पतालम गरिएको परीक्षणमा झापाका २७ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

यस्तै धरानमा भएको परीक्षणमा सप्तरीका ४ सहित ५ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ३ र पर्साका ५ गरी ९ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ। संक्रमित महिला रहेको र सर्लाही घर भइ अहिले पाटन अस्पतालमै रहेको उनले बताए।

यस्तै गण्डकी अस्पतालमा गरिएको परीक्षणमा म्याग्दीका १ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १० जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका ४ र नवलपरासीका २ सहित ६ जनामा पोजिटिभ देखिएको छ। यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जनामा पोजिटिभ देखिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनामा पोजिटिभ देखिएको छ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ३ हजार २ सय ३८ गरी अहिलेसम्म ६४ हजार १ सय ५४ जनाको नमुना परीक्षण भएको छ। यस्तै आरडीटी परीक्षण १ लाख ५ हजार ४ सय ७८ नमुना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा आरडीटी विधिबाट ३ हजार ४ सय ४४ जनाको नमूना परीक्षण गरिएको छ।

क्वारेन्टिनमा रहनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ। शुक्रबारसम्म एक लाख नजिक क्वारेन्टिनमा बस्नेहरुको संख्या छ। देशभरीका विभिन्न क्वारेन्टिनमा ९९ हजार ३ सय ३६ जना क्वारेन्टिनमा रहेका छन्। अहिले विभिन्न अस्पतालमा १ हजार जना कोरोना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily