+
Search

ताजा अपडेट +

पपुलर +

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्याे

4KNationalDaily
२०७७ जेष्ठ ९, शुक्रबार १६:३३ बजे

काठमाडौं- नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले थप जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

पछिल्लो पटक कैलालीका ३, डडेल्धुराका एक जना, बैतडीका एक जना, बाँकेका १४ र मोरङका एक जनामा पनि कोरोना संक्रमण पुगेको जानकारी देवकोटाले दिएका हुन्।

यो सहित नेपालमा संक्रमितको संख्या ५ सय ७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।

डा देवकोटाका अनुसार आज २१ जना संक्रमित आज डिस्चार्ज भएका हुन्। उनीहरु बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्तपालमा उपचाररत थिए।

हालसम्म नेपालमा संक्रमण पुष्टि भएकामध्ये ७० जना अहिले संक्रमणमुक्त भएका छन् भने ३ जना संक्रमितको भने मृत्यु भइसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily