+
Search

ताजा अपडेट +

पपुलर +

बहराइनमा एकै दिन ७७ नेपालीलाई कोरोना संक्रमण, संक्रमितको संख्या १२६ पुग्यो

4KNationalDaily
२०७७ बैशाख १७, बुधबार ०९:३८ बजे

काठमाडौं- बहराइनमा एकैदिन थप ७७ नेपाली कोराना भाइरसबाट संक्रमित देखिएका छन्।

बहराइनस्थित नेपाली दूतावासका अनुसार ४ कम्पनीमा कार्यरत गरी ७७ नेपालीमा एकै दिन कोरोना संक्रमण पुष्टि भएको हो।

एउटा सुपरमार्केट र ३ विभिन्न कम्पनीमा कार्यरत नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिएका छन्।

योसँगै बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या १ सय २६ पुगेको छ। यसअघि बहराइनमा ४९ नेपाली श्रमिकमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

दूतावासका अनुसार बहराइनमा झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily