+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखाली गायक विनाेद धितालकाे ‘चाैरिकाे गाेठ’ बजारमा, पहिलाे पटक शर्मिला अभिनयमा

4KNationalDaily
२०७५ माघ ४, शुक्रबार ००:२० बजे

गाेरखा-जिल्लाकाे अजिरकाेट गाउपालिका-२, खरिबाेटमा जन्मिएका गायक विनाेद धितालले चाैरी गाेठ नामक गिति एल्बम बजारमा ल्याएका छन् । बैदेशिक राेजगारीका शिलशिलामा हाल कतारमा रहेका धितालले विदामा नेपाल अाउदाँ साे गित बजारमा ल्याएका हुन् ।

खरिबाेट-हंसपुरतिर हुने प्राय कार्यक्रममा गित गुन-गुनाउने पुग्ने धिताल सानैदेखि गित सङगितमा अगाडि थिए । स्कुलहरूमा हुने कार्यक्रम देखि क्लव तथा अामा समुहहरूले अायाेजना गर्ने कार्यक्रममा पनि गित गायका धितालले ओइ पुतलिको अपार सफलतापछि दोस्रो प्रस्तुति ‘लेकैमा चौँरिको गोठ बेसिमा धान फल्ने गैरि खेत’ ल्याएका हुन् ।

धिताल फिल्मसको प्रस्तुतिमा याे गित बजारमा आएको हाे । यस गीतमा ज्ञानु मगर र बिनोद धितालको स्वर रहेको छ । राजु क्षेत्रीको लय तथा शब्द रचना रहेको गीतमा नारायण रिजालको निर्देशन, बिरेन्द्र भाटको छायांकन, रोशन धितालको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा आशिष मल्ल र शर्मिला धितालको अभिनय हेर्न पाईन्छ ।

म्युजिक भिडियाेमा पहिलाेपटक अभिनय गरेकी शर्मिलाकाे याे पहिलाे भिडियाे हाे । खरिबाेटकै शर्मिलाले याे भिडियाेमा जमदार अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily