+
Search

ताजा अपडेट +

पपुलर +

कुवेतले सबै नेपाली कामदारको भिसा अनलाइनबाटै थपिदिने

4KNationalDaily
२०७६ चैत्र १२, बुधबार १८:१८ बजे

काठमाडौं- कुवेत सरकारले भिसा सकिने अवस्थाका नेपाली श्रमिकहरुको भिसा अवधि अनलाइनमार्फत थप गरिदिने भएको छ।

आपतकालीन अवस्थालाई मध्यनजर गर्दै कुवेतले आवासीय भिसा अवधि श्रमिकहरुको उपस्थितिबिना नै थप गरिदिने भएको हो।

भिसा समाप्त हुने अवस्थामा नेपाल फर्किएर रोकिएका श्रमिकहरुले आफ्ना रोजगारदाता, कम्पनी तथा व्यवस्थापकसँग सम्पर्क गर्न कुवेतस्थित नेपाली दूतावासले अनुरोध गरेको छ।

कुवेतमा कार्यरतहरुको भिसा अवधि सकिएको हकमा पनि रोजगारदाताहरुले आवासीय भिसा नविकरण गरिदिने भएका छन्।

कोभिड-१९ (कोरोना भाइरस) जोखिम न्यूनिकरणलाई मध्यनजर गर्दै हवाई उडान तथा आवागमनमा समेत रोक लगाएपछि हजारौं नेपाली श्रमिकहरु प्रभावित बनेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily