+
Search

ताजा अपडेट +

पपुलर +

कोरोना अपडेट : संक्रमितको संख्या ४ लाख नाघ्यो, १८६१२ को मृत्यु

4KNationalDaily
२०७६ चैत्र १२, बुधबार ०७:१७ बजे

काठमाडौं- चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको चपेटामा पूरै विश्व परेको छ।

बुधबारसम्म यसबाट प्रभावित हुनेको संख्या ४ लाख १७ हजार ५ सय ८२ पुगेको छ भने १८ हजार ६ सय १२ जनाको मृत्यु भइसकेको छ।

संक्रमितको संख्यामा अहिलेसम्म चीन नै अगाडि छ भने मृतकको संख्यामा इटालीले चीनलाई उछिनेको छ।

चीनमा संक्रमितको संख्या ८१ हजार ५ सय ९१ छ भने निको हुनेको संख्यामा पनि चीन नै अगाडि छ। चीनमा ६० हजार ३ सय २४ जना निको भइसकेका छन्।

यस्तै इटालीमा ६९ हजार १ सय ७६ जना संक्रमित भएका छन् भने ६ हजार ८ सय २० जनाको मृत्यु भइसकेको छ।

मृत्युमा स्पेन तेस्रो नम्बरमा छ। त्यहाँ २ हजार ८ सय ८ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ३९ हजार ८ सय ८५ छ।

संक्रमितको संख्याका हिसाबले भने अमेरिका तेस्रो नम्बरमा छ। त्यहाँ ५३ हजार ६ सय ६० जनामा संक्रमण देखिइसकेको छ भने मृतकको संख्या ६ सय नाघेको छ।

यसैगरी, इरानमा १९३४, फ्रान्समा ११००, बेलायतमा ४२२, नेदरल्याण्डमा २७६, जर्मनीमा १५७, बेल्जियममा १२२, स्वीजरल्याण्डमा १२२, दक्षिण कोरियामा १२०, इण्डानेसियामा ५५ जनाको मृत्यु भएको छ। – एजेन्सी

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily