गाेरखा- निजि तथा आवासीय बिद्यालयहरुको साझा संस्था प्याबसन गोरखाको आयोजनामा आधारभुत तह स्तरीय दोस्रो प्याबसन कप २०७५ फुटबल प्रतियोगिता आजबाटबाट पालुङटार-५, माझाटार खेलमैदानमा शुरु भएको छ ।
जिल्ला भित्रका निजि तथा आबासीय बिद्यालयहरुको १३ बिद्यालयहरुको सहभागिता रहनको उक्त प्रतियोगिता अाजबाट सुरू भएकाे हाे ।
पालुङ्टार नगरपालिकाको मेयर ई। दिपक बाबु कँडेलले एक कार्यक्रमकाविच फुटबल प्रतियोगिता उद्घाटन गरे । आज भएको उद्घाटन खेलमा ओर्ल्ड क्यापिटल रानिबन गोरखालाई मोडर्न ईङ्ग्लिस बोर्डिङ स्कुल हरमटारीले पेनाल्टी सुटआउटमा पराजित गरेको छ ।

त्यस्तै आजै भएकाे दोस्रो खेलमा लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मी बजारले ब्राईट फ्युचर बोर्डिङ, नयाँ साघुलाई ५-० ले पराजित गरेको छ भने अन्तिम खेलमा युनाइटेड बोर्डिङ स्कुल ठाँटीपोखरीलाई गोरखा मोडर्न ईङ्ग्लिस बोर्डिङ स्कुल हवाईग्राउडले पेनाल्टी सुटआउटमा पराजित गरेकोे छ ।
निजि बिद्यालयहरु बीच आपसी सम्बन्ध र खेलकुद बिकास अभिबृद्धि गर्न आयोजना गरिएको उक्त प्रतियोगितामा भोलि ५ खेल हुने युनाइटेड स्कुल पालुङटारका शिक्षकदिपक गुरूङले बताए ।
प्रतिक्रिया