+
Search

ताजा अपडेट +

पपुलर +

१५ शैयाकाे अस्पातालमा स्तरोन्नती हुदैँ गाेरखाका ४ स्वास्थ्य चौकी

4KNationalDaily
२०७६ चैत्र १, शनिबार १२:५६ बजे

गाेरखा- गोरखाका चार स्वास्थ्य चौकी १५ शैयाको अस्पतालमा स्तरोन्नती हुने भएका छन् ।

सरकारको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजना अनुसार यस वर्ष २ सय ३६ पालिकाका स्वास्थ्य संस्थालाई १५ शैयाको  अस्पतालमा स्तरोन्नती गर्ने क्रममा गोरखाका चार स्वास्थ्यचौकी स्तरोन्नती हुने भएका हुन् ।

अश्राङ स्वास्थ्य चौकी, भच्चेक स्वास्थ्य चौकी, लापु स्वास्थ्य चौकी  र सिर्दिबास स्वास्थ्यचौकी १५ शैयाको अस्पतालमा स्तरोन्नती हुने भएकाे हाे ।

भिमसेन थापा गाउपालिकाकाे अश्राङमा रहेकाे अश्राङ स्वास्थ्य चौकी, अजिरकोट गाउँपालिकाको भच्चेक स्वास्थ्य चौकी, धार्चे गाउँपालिका लापु स्वास्थ्य चौकी र चुमनुब्री गाउँपालिकाको सिर्दिबास स्वास्थ्यचौकीलाई १५ शैयाको अस्पतालमा स्तरोन्नती हुने भएकाे हाे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily