काठमाडाैं- नेपाली लोक दोहोरी क्षेत्रमा बिगत आठ बर्ष यता देखी अनवरत रूपमा लागिरहेका पछिल्लो समय स्टेजका अति ब्यस्त मानिएका युवा पुस्ताका लोक प्रिय गायक एवम् संगीतकार हुन् सन्तोष दवाडी ।
गाेरखाकाे अजिरकोट गाउँ पालिका वडा ४ सिम्जुङमा जन्मिएका दवाडी विशेष गरेर मौलिक लयका गीतहरुमा आफुलाई अब्बल सावित गरेका छन् । गायक दवाडीले ४० गीतमा आवाज १५ गित रचना गरि उनले ४ दर्जन भन्दा माथी गीतहरु बजारमा ल्याएका छन् ।
मिठास हसिलो स्वभाव सबै मिठो बोल्ने अरुलाई सम्मान दिए नै आफ्नो सम्मान हुन्छ भन्ने फराकीलो स्वरका गायक दवाडीले मनासलु डिजिटल प्रा.लि नामको आफ्नै म्युजिकका संचालक पनि हुन । यदापि उनी अरु म्युजिक कम्पनीसग पनि उत्तिकै सुमधुर सम्बन्ध रहि राखेकोमा उनी दाबी गर्छन्।
गायक दवाडीको आवाजमा रहेको पछिल्लो समय डिजिटल बजारमा आएको गीत ‘झिसमिसे मै जाम’ विशेष गरेर मायालु जोडीहरु प्रेम बसिसके पछि समाजमा कसरी उत्रने र अन्तिममा भागेरै झिसमिसे अध्यारोमा भागेर जाउ भन्ने खालेको माया पिरती उनिएको उक्त गीतलाई दवाडीले निकै मिठो तरिकाले गायका छन् ।
प्रतिक्रिया