+
Search

ताजा अपडेट +

पपुलर +

क्लब फाउण्डरको जन्मदिनमा लियो क्लब गोरखाले गर्यो गुरुकुलमा शैक्षिक सामाग्री बितरण

4KNationalDaily
२०७५ पुष २९, आईतवार १९:३८ बजे

गाेरखा- लियो क्लब अफ गोरखाले आज एक कार्यक्रमका बीच गोरक्ष नाथ बौदिक गुरुकुल बिद्यालय गोरखामा अध्यनरत १९ जना बिधार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । गुरुकुलका स्कुलका संचालक समितिका सदस्य हरिराम अर्याल तथा शिक्षक योगराज दाहाललाइ सो सामाग्री हस्तान्तरण गरिएको हाे ।

आज लायन्स क्लब एव लियो क्लबका स्थापक फ़ाउण्डर मेल्भिन जोन्सको १४० औ जन्मदिन हो सोहि अवसरमा क्लबले उक्त कार्यक्रम आयोजना गरेको क्लबका सचिब बालकृष्ण परियारले जानाकारी गराए । कार्यक्रममा क्लबका अध्यक्ष यम ब बसेल गुरुकुलका शिक्षक संचालक समिति सदस्य लगायतले मन्तब्य दिएका थिए ।

जन्मदिनको अवसरमा लियो क्लबले आफ्नो कार्यालयमा केक काटेर जन्मदिन मानेको थियो । क्लब भवन बिसौनिमोड गोरखामा भएको बर्थडे कार्यक्रममा लायन्स क्लब अफ गोरखा , लायन्स क्लब अफ गोरखा कालिका लियो क्लब अफ गोरखाका सदस्यहरुको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily