गाेरखा- गाेरखा नगरपालिका वडा न ९ लक्ष्मीबजारमा जेष्ठ नागरिक मनोरञ्जन हल निर्माण हुने भएकाे छ । कुल १ करोड ३३ लाख लागतमा हल बन्न लागेकाे हाे । हलकाे एक कार्यक्रममा विच डम्बर बहादुर कुवरले सिलान्यास गरे ।
महालक्ष्मी माध्यमिक विद्यालयकाे जग्गामा निर्माण हुन लागेकाे जेष्ठ नागरिक मनोरञ्जन हल, लक्ष्मी र सरस्वति मन्दिर समेत निर्माण हुने छ । हल दुई तले हुने छ भने एउटामा स्टोर र अर्को तलामा मनोरञ्जन कक्ष हुने छ ।
सबै भन्दा माथी मन्दिर बन्ने छ। वडा न ९ बाट १ लाख छुट्याइएको छ भने वाँकी रकम स्थानिय निकाय, प्रदेश र केन्द्र सरकारसँग माग गर्ने निर्णय भएकाे उपभोक्ता समितिका अध्यक्ष मोहोन थापाले जानकारी दिए ।
‘हामीले मन्दिरको लागि सबै निकायलाई आर्थिक प्रर्तिबेदन बुझाइ सकेका छौ र मन्दिरको लागि समिति बाहेक लेखा आर्थिक र सल्लाकार पनि मनोनित गरेका छौ’ थापाले भने ।
२ बर्ष भित्र भवनमा मनोरञ्जन हल बनाई जेष्ठ नागरिकहरुबिच भजन किर्तन गराई दुख सुख गफ गर्ने र माथी रहेको भागमा सरस्वती र लक्ष्मीको मन्दिरमा पुजा पाठ गराउने लक्ष्य रहेकाे थापाले बताए । भवन र मन्दिर निर्माण भएपछि दैनिक पुजापाठ गर्ने पुजारी पनि राखिने छ।
उपभोक्ता समितिका अध्यक्ष मोहोन थापासँग गरिएकाे कुराकानी :
किन बनाउन लागियो त यो भवन र मन्दिर?
यहाँको बजारको नाम र स्कुलको नाम लक्ष्मीबाट सुरु भएको छ। यहाँ न लक्ष्मीको मन्दिर छ । न स्कुलमा सरस्वती मन्दिर छ । तेहि भएर हामीले यस बजारको नाम र स्कुलको नामको पुनर्स्थापना गर्दै मन्दिर निर्माण गर्न लागेका हौ।
अब आयो, जेष्ठ नागरिक मनोरञ्जन हलको बुढापाका हरु धेरै नै छन् हाम्रो गोरखा जिल्लामा । जेष्ठ नागरिकहरुलाई बसेर गफ गर्ने ठाउँ छैन । कि चौतारी हुनु पर्यो कि कतै बाटोमा भेट हुनु पर्यो । यो देखेर हामीले नमुना कार्य गर्ने भनेर नै यहाँको स्थानीयहरु मिलेर यो कार्य गर्न लायको हो।
आर्थिको बाटो कसरी तयारी गर्नु भयको छ?
हामीले सबै स्थानिय निकाय, प्रदेश सरकार, केन्द्र सरकारलाई आर्थिक प्रतिबेदन बुझाएका छौँ । यस ठाउँबाट वैदेशिक राेजगारीमा जानेहरुसग पनि सअहयोगको अपेक्षा गरेका छौ । यहाँको स्थानीयबाट आफुले सकेको सयोग र सरम दान गरि सयोग गर्नुहाेला भन्ने अाशा लिएका छाैंँ ।
जग्गा किन्नु भएको हो कि सार्वजनिक हो?
हामीलाई जग्गा स्कुलबाट सहयोग मिलेको हो । स्कुलका प्रधानाध्यापक र स्कुलका व्यवस्थापन समितीसंग बैठक बसी उक्त करिब ७ आना जग्गा जेष्ठ नागरिक मनोरञ्जन हललाई दिएकाे छ । भने, यो जग्गा यस मन्दिरको मातहत हुने छ ।
प्रतिक्रिया