काठमाडौं- अब पति वा पत्नी जेलमा रहे पनि दम्पतीले सन्तान सुखबाट वञ्चित हुनुपर्ने छैन।
बाहिर रहेकी पत्नी जेलमा गएर पतिसँग बस्न पाउँछिन्। बाहिर रहेका पतिलाई कैदी पत्नीसँग भेट्न छेकिने छैन। कारागार परिसरभित्रै उनीहरूले यौन सम्पर्क राख्न पाउने खबर आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन्।
त्यति मात्र होइन, गर्भवती महिला कैदीले ६० दिनसम्म बिदा पाउनेछन्। सुत्केरी हुँदा उनीहरूलार्य दुई महिना परिवारसँग परिवारसँग बिताउन दिइनेछ।
सरकारले यी दुई व्यवस्था समेटेर कारागार ऐन संशोधन विधेयक तयार पारेको छ। संसद्को आउँदो हिउँदे अधिवेशनमा ‘कारागार ऐन २०१९ संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पेस गरिँदै छ।
प्रतिक्रिया