+
Search

ताजा अपडेट +

पपुलर +

जिल्ला प्रहरी कार्यालय नजिकै चोरी, बेखर प्रहरी [भिडियाे]

4KNationalDaily
२०७६ कार्तिक १८, सोमबार १५:५२ बजे

गोरखा- सदरमुकाम क्षेत्रमा चोरीको घटना भएको कुरा नौलो होइन् । गएको केहि महिना अघि एकै हप्तामा एक दर्जनभन्दा बढि चोरीको घटना भए ।

जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्ला भित्रको सुरक्षा व्यवस्था मजबुत पारिएको पटक–पटक दावी गरेपनि चोरीको घटना भने रोकिएका छैन ।

आईतबार राती पनि पुनः अर्को चोरीको घटना भएको छ ।

सदरमुकामको हरमटारी चोक जसलाई सदरमुकाम क्षेत्रमा सुरक्षाका हिसाव मजबुत क्षेत्र मानिन्छ त्यहाँ नै सम्साझै चोरी हुनुलाई प्रहरीको कमजोरी हो भन्न कुनै अफ्टयारो छैन ।

चौबिसै घण्टा ड्युटी हुने उत्त स्थानबाट चोरले सजिलै हिमालयन गोरखा नेट प्रालिका सामान सजिलै चोरी गरेर भागेपछि प्रहरीको सुरक्षा ब्यवस्थालाई लिएर सर्व साधारणहरुले गुनासो गर्न थालेका छन ।

सिसिटिभीको पूर्ण निगरानीमा रहेको हरमटारी चोक नजिकैको हिमालयन गोरखा नेटमा राती ८ः५३ बजे झ्यालबाट छिरेर १ थान ४२ इन्चको स्मार्ट टेलिभिजन र १ थान राउटर चोरी गर्न सफल भएको प्रालिका राजेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए ।

४० हजार मुल्य बरावरको सामान चोरी भएको अनुमान गरिएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

भिडियाे

https://www.facebook.com/nprns/videos/2360963734025695/

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily