+
Search

ताजा अपडेट +

पपुलर +

लिभरपुल एफए कपको तेस्रो चरणबाटै बाहिरियो

4KNationalDaily
२०७५ पुष २४, मंगलवार १७:१८ बजे

काठमाडाैं-  प्रिमियर लिग लिडर लिभरपुल एफए कप फुटबलको तेस्रो चरणबाटै बाहिरिएको छ ।

लिभरपुललाई सोमबार राति भएको खेलमा उल्भरह्याम्टनले २–१ गोलले स्तब्ध पारेको हो । घरेलु टोली उल्भरह्याम्टनले ३८ औं मिनेटमा राउल जेमिनेजको गोलमा अग्रता लिएको थियो ।

लिभरपुलका मिडफिल्डर जेम्स मिल्नरको गल्तीको फाइदा उठाउँदै जेमिनेजले गोल गरेका थिए । पहिलो हाफमा १–० ले पछि परेको लिभरपुलका लागि ५१ औं मिनेटमा डिचभोक ओरिगीले बराबरी गोल फर्काए ।

तर, त्यसको ४ मिनेटपछि रुविन नेभिसले ३१ यार्डबाट उत्कृष्ट गोल गरेपछि उल्भरह्याम्टनले खेलमा पुनः अग्रता लियो । ५९ औं मिनेटमा लिभरपुलले बराबरी गोल गर्ने अवसर खेर फालेपछि उल्भरह्याम्टन २–१ को जितसहित अघिल्लो चरणमा प्रवेश गर्यो । लिभरपुलका प्रशिक्षक क्लोपले खेलमा ९ खेलाडी परिवर्तन गर्दा ३ खेलाडीले डेब्यु गरेका थिए ।

यो सिजन लिभरपुलले पहिलो पटक लगातार दोस्रो हार ब्यहोरेको हो । यसअघि अघिल्लो खेलमा लिभरपुल म्यानचेस्टर सिटीसँग २–१ ले नै पराजित भएको थियो ।

यसैबीच चौंथो चरणमा आर्सनल र म्यानचेस्टर युनाइटेड भिड्ने भएका छन् । आर्सनलले १३ र युनाइटेडले १२ पटक एफए कपको उपाधि जितेका छन्। म्यानचेस्टर सिटीले बर्नले तथा टोटेनह्यामले क्रिष्टल प्यालेस प्रतिद्वन्द्वी पाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily