+
Search

ताजा अपडेट +

पपुलर +

महरालाई थप ३ दिन थुनामा राख्न जिल्ला अदालतको अनुमति

4KNationalDaily
२०७६ आश्विन २८, मंगलवार १८:३१ बजे

काठमाडौं- जिल्ला अदालत काठमाडौंले निर्वतमान सभामुख कृष्णबहादुर महरालाई जबर्जस्ती करणी उद्योगको मुद्दामा अनुसन्धानका लागि थप तीन दिन थुनामा राख्न अनुमति दिएको छ।

संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख महरा असोज १९ गतेदेखि प्रहरीको नियन्त्रणमा छन्।

दसैं बिदाका समयमा पक्राउ परेका महरा जिल्ला अदालतको पक्राउ पुर्जीका आधारमा निवासबाटै पक्राउ परेका थिए। बलात्कार प्रयासको आरोपबारे जिल्ला सरकारी वकिलको कार्यालयमा भएको बयानपछि उनलाई जिल्ला अदालत पेस गरिएको थियो।

जिल्ला अदालतले म्याद थप विषयको बहस सुनेर थप ३ दिन थुनमा राख्न अनुमति दिएको हो।

सरकारी वकिलका तर्फबाट बहस गर्दै उमाकान्त पौडेलले महरालाई १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न पनि म्याद थप गर्न माग गरेका थिए। उनलाई यसअघि नै १० दिन हिरासतमा राखिसकिएको छ।

महराका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले बहस गरेका थिए। उनले बन्दीप्रत्यक्षीकरणको मुद्दामा २४ घण्टाभन्दा बढी हिरासतमा राख्न नमिल्ने भए पनि गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै म्याद थप गर्न नहुने माग गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily