+
Search

ताजा अपडेट +

पपुलर +

बेचिएका ३ नेपाली युवती लिएर अफ्रिकी मुलुक मलावीका प्रहरी काठमाडौंमा

4KNationalDaily
२०७६ आश्विन २५, शनिबार ०८:५५ बजे

काठमाडौं- अफ्रिकी मुलुक मलावीको डान्सबारमा बेचिएका तीन नेपाली युवतीलाई उद्धार गरी नेपाल ल्याइएको छ।

मलावीका दुई प्रहरी अधिकृत ती युवती लिएर बिहीबार नेपाल आएका हुन्।

८ महिनाअघि उनीहरूलाई दुबई मलावी पुर्याइएको थियो। भारतीय नागरिक अडाम साकरानीले आफ्नो डान्सबरमा काम लगाउने भन्दै ती युवतीलाई मलावी पुर्याएका थिए। २८ फागुन ०७५ मा त्यहाँको प्रहरीले उद्धार गरी सेफ हाउसमा रोखेको थियो।

अध्यागमनकै सेटिङमा उनीहरूको तस्करी भएको प्रहरीको आशंका रहेकाे खबर आजको नयाँ पत्रिकाले छापेको छ। मानव बेचबिखन नियन्त्रण ब्युरोले घटनाको अनुसन्धान गर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily