काठमाडाैं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महिलाहिंसा गर्नेविरुद्ध कठोर हुन प्रहरीलाई निर्देशन दिएका छन् ।
६४ औं प्रहरी दिवसका अवसरमा प्रहरी मुख्यालय नक्सालमा शुक्रबार आयोजित कार्यक्रममा गृहमन्त्रीले महिला र बालबालिकामाथि हिंसा गर्ने तत्वविरुद्ध कठोर कारबाही गर्न निर्देशन दिए ।
नेपाल प्रहरी कार्यदक्षताका आधारमा अन्तर्राष्ट्रिय स्तरमै सक्षम सावित भइसकेको चर्चा गर्दा उनले संगठनभित्रैका कमजोरीमाथि पनि नर्मम बन्न प्रहरी नेतृत्वलाई आग्रह गरे ।
‘जनताको भरोसा र विश्वास बोकेको कानून कार्यान्वयन गर्ने संगठनको सदस्यबाटै कानून उल्लंघन र आर्थिक अनियमितता भए कदापि क्षम्य हुँदैन’, थापाले भने, ‘त्यस्तालाई कारबाही गर्न कुनै हिच्किचाहट हुनेछैन ।’
जनताको भरोसा बोकेका व्यक्तिबाटै कानूनको उल्लंघन हुनु थप गम्भीर विषय भएकाले त्यस्ता घटनामा खुट्टा नकमाई खरो रुपमा उत्रन गृहमन्त्रीले निर्देशन दिए ।
प्रतिक्रिया