+
Search

ताजा अपडेट +

पपुलर +

२८५५ अाैं सोनाम ल्होछारकाे अवसरमा इराककाे सुलेमानीमा साँस्कृतिक कार्यक्रम हुने

4KNationalDaily
२०७५ पुष २१, शनिबार १९:२३ बजे

इराक- नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराक, कुर्दिस्तान प्रवासी नेपाली समाज र नेपाली महिला समाज कुर्दिस्तान इराकको संयुक्त आयोजनामा आउँदो फेब्रुअरी १ तारिख शुक्रवारका दिन इराकको कुर्दिस्तान स्थित सुलेमनीमा मन्जु श्री सम्बत २८५५ सोनाम ल्होछार (फग ल्हो) को अवसरमा साँस्कृतिक कार्यक्रम सहित मनाईने भएको छ।

‘आफ्नो मौलिक भाषा ,धर्म ,कला ,संस्कृती र भेषभुषा हरेक जातीको पहिचान हो आफ्नो पहिचान संरक्षण गर्नु हामी मानव जातिको दायित्व हो भन्ने उदेश्यका साथ संस्था स्थापनाकाल देखिनै कुर्दिस्तान प्रवासी नेपाली समाज, सुलेमानीले ल्होछार कार्यक्रम गर्दै आएको थियो ।

नेपाली महिला समाज कुर्दिस्तानको आगमन पश्चात् दुबै संस्थाले मिलेर ल्होछार कार्यक्रम गर्दै आएको ल्होछार कार्यक्रम यो पटक नेपाल तामाङ घेदुङ इराकको आगमन भएकोले गत डिसेम्बर २८, २०१८ शुक्रवारका दिन कुर्दिस्तान इराकमा नेपाल तामाङ घेदुङ् कुर्दिस्तान इराक, कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानि र नेपाली महिला समाज कुर्दिस्तानले संयुक्त छलफल गरि मिलेर अगाडी बढ्ने प्रवासको समस्या लाई मिलेर हल गर्ने गरि इराक कुर्दिस्तानमा रहेका सम्पुर्ण नेपालिहरुलाई समेटी संयुक्त ल्होछार कार्यक्रम गर्ने भएको छ।

सोनाम ल्होछार पर्व तामाङ समुदायको बिशेष पर्ब भएकोले इराकमा तामाङ घेदुङको आगमन लाई प्राथमिकतामा राखी संयुक्त छलफल पश्चात् सबै जात जाती लाई समेटी मनाइने र कार्यक्रमको संयोजकको प्रमुख भुमिकामा दुबै समाजले तामाङ घेदुङ इराकलाई अगाडि सारेको छ। संयुक्त छलफल पश्चात् कार्यक्रमको संयोजक नेपाल तामाङ घेदुङ इराकका उपाध्यक्ष श्याम मम्बा र सह संयोजकमा कुर्दिस्तान प्रवासी नेपाली समाजका सदस्य ठुलोकान्छा शेर्पा लाई दिइएको छ।

नेपालमा ल्होछार मनाउने प्रचलन चीन तथा चीन प्रशासित राज्यबाट भित्रिएको मानिन्छ । किनभने चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई बिभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ । त्यसो त तामाङ समूदायले चिनीयाँ पात्रोभन्दा बेग्लै अनि मौलिक आफ्नै पात्रोको प्रयोग गर्ने गर्दछन् जसलाई ‘चन्द्र पात्रो’ भनिन्छ । बौद्ध धर्म अनुसार तामाङ जाती महायान सम्प्रदायका हुन् । तामाङहरुका अलवा ल्होछार पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातीले मनाउँदछन् । त्यसलाइ नै विशेदमा भएकाहरूले पनि यस चार्डलार्इ बिशेष महत्वका साथ मनाउदै अाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily