+
Search

ताजा अपडेट +

पपुलर +

धनशिरामा प्रधानाध्यापककाे दादागिरी : ९४ लाखकाे छैन हिसाव-किताव

4KNationalDaily
२०७६ भाद्र १९, बिहीबार १०:०४ बजे

गाेरखा– विद्यालयका प्रधानाध्यापकले कसरी मनाेमानी रूपमा विद्यालयकाे रकम एक्लाैटी रूपमा दुरूपयाेग गर्दा रहेछन् भन्रे प्रमाण पालिका लाइभले फेला पारेकाे छ ।

अजिरकाेट गाउपालिका वडा न-१, ध्याचाेक (साविक ध्याचाेक गाविस वडा न ४) मा रहेकाे धनशिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक तील बहादुर गुरूङले विद्यालयमा भवन तथा छात्राबास लगायतका पुर्ननिर्माणका लागि विभिन्न स्राेतबाट आएकाे रकम कसरी दुरूपयाेग गरे भन्ने प्रमाण गाेरखा सन्देशले फेला पारेकाे हाे ।

वडाअध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष मनु गुरूङलाइ समेत खबर तथा सल्लाह नै नगरी कसरी विद्यालयकाे रकम दुरूपयाेग गरे त ! पहिलाे, विद्यालय पूननिर्माण, जग्गा खरिद तथा खेल मैदान निर्माण, छात्रावास भवन निर्माण र शान्ति मन्त्रालय तथा अजिरकाेट गाउपालिका मार्फत अनुदानमा आएकाे ४८ लाख ५० हजार प्रअ गुरूङले विद्यालय काेषमा जम्मा गरे ।

दाेस्राे, विद्यालयका चन्दादाताहरू मन फ्रेन्डस, साइमान, एभेष्ट आउटरिच,  चन्द्र फाउन्डेशन र सञ्चित गृणी र मार्फत स्वा. काजी गुरूङ, सुरेन्द्र घले, प्रताप गुरूङसमेत १० जना संस्था तथा व्यक्तिहरूले विद्यालयकाे उन्नति प्रगतिकाे लागि २९ लाख ७४ हजार विद्यालयलाई सहयाेग गरे । त्याे रकम पनि उनले विद्यालय काेषमा जम्मा गरे ।

तेस्राे, विद्यालयमा प्रयाेग हुने कम्प्युटर, साेलार पावार, फर्निचर, स्कुल ड्रेस र स्टेशनरी खरिद गर्ने भनि विद्यार्थी, अभिभावक, गाउँपालिका, जिल्ला शिक्षा कार्यालय र सहयाेगी संस्था मार्फत १७ लाख रूपैया विद्यालय काेषमा जम्मा भयाे। तर उनले ति शिर्षकमा केहि काम गरेनन् ।

तिनवटा विभिन्न निकाय तथा संस्थाबाट आएकाे रकम प्रअ गुरूङले विद्यालयकाे काेषमा जम्मा गरे । तर, न उनले कुनै साम्रागी खरिद गरे न त विद्यालय पूननिर्माण, जग्गा खरिद तथा खेल मैदान निर्माण, छात्रावास भवन निर्माण नै निर्माण गरे ।

कुनैपनि साम्रागी खरिद नगरी अवैध रूपमा उपभाेग गरेकाे र अन्य थूपै शिर्षकमा समेत आर्थिक अनियमित्ता गरी विद्यालय जस्ताे सवेदनशिल संस्थामा नेतृत्व रहि संस्थालाई हानी नाेक्सानी पूर्ययाएकाे भन्दै स्थानियले अख्तियार दुरूपयाेग अनुसन्त्धान विभागमा निवेदन दिएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरूङ २०७४ सालमा वडाअध्यक्षमा निर्वाचित भएपछि स्वर्त रूपमा पदेन सदस्य हुने व्यस्था छ । उनी पदेन सदस्य हुदै व्यवस्थापन समितिकाे अध्यक्ष भए । गुरूङ भन्छन्- ‘म निर्वाचित भएपछिकाे कुनैपनि दिन बैठक तथा अभिभावक भेला नै आयाेजना भएन ।’

‘म आएपछि अभिभावक भेला तथा नियमित पाक्षिक तथा मासिक व्यवस्थापन समितिकाे बैठक बस्नै बसेन । बसेपनि अघिल्लाे समिति र नयाँसमितिवीच झगडा मात्र भयाे ।’ प्रअले विद्यालय प्रशासन सञ्चालन गर्ने हाे भन्दै अध्यक्ष गुरूङ प्रश्न गर्दै भन्छन् ‘उहाँले घर सञ्चालन गर्नु भएकाे हाे कि विद्यालय, हामी अचम्ममा परेका छाैं ।’

उनले विवाद भएपछि विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष पदबाट अजिरकाेट गाउँपालिकाकाे कार्यालयमा राजिनामा दिने दावी गर्दै भने ‘म अध्यक्ष भएपछि पनि विद्यालयकाे विवाद मिलाउने प्रयास गरे। पहिलाे कुरा काम गर्नै सकिन । दाेस्राे कुरा एक व्यक्ति दुइ पद हुदाँ वडा कार्यालय र विद्यालयलाई समय मिलाउन गाहाे भयाे। त्यस्तैले विद्यालय व्यवस्थापन समितिकाे अध्यक्षबाट राजिनामा दिने याेजना बनाएकाे छु ।’

स्थानियले विभागलाई पठाएकाे निवेदनमा भनिएकाे छ ‘संस्थालाई हानी नाेक्सानी पुर्याएकाे हुदाँ प्रअ गुरूङलाई कानुन बमाेजिम कार्वाहि गरी पाँउ ।’ यस विषयमा प्रअलाई सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकेन ।

र, याे पनि

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily