+
Search

ताजा अपडेट +

पपुलर +

नेपाली सेनाका मेजर अजित सिंह ब्राउन सुगरसहित पक्राउ

4KNationalDaily
२०७६ श्रावण २५, शनिबार २०:५४ बजे

काठमाडौं- प्रहरीले नेपाली सेनाका सेनानी (मेजर) अजितप्रताप सिंहलाई अवैध लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

सेनानी सिंहलाई शनिबार डेढ ग्राम ब्राउन सुगरसहित इटहरीको हलगढास्थित सेनाको पूर्वी पृतना छेऊबाट पक्राउ गरिएको हो ।

उनलाई लागूऔषध नियन्त्रण ब्युरो काठमाडौं र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मेजर सिंह लागु औषध ब्राउन सुगर एक ग्राम ३२० मिलिग्रामसहित पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ । मेजर सिंहको घर कैलाली भएको प्रहरीले जनाएकाे छ ।

मेजर पूर्वी पृतना इटहरीमा कार्यरत छन्। उनीहरूका साथबाट एक ग्राम ३२० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ।

मेजरमाथि कसरी हुन्छ अनुसन्धान ?

सामान्यतयाः सैनिक अधिकृतले गरेको कसूरको अनुसन्धानका लागि नेपाली सेनाको सैनिक प्रहरी गणलाई बुझाउने गरिन्छ ।

तर, गम्भिर प्रकृतिका मुद्दामा प्रहरी आफैंले मुद्दा चलाउन सक्ने व्यवस्था छ । लागूऔषध सम्बन्धी कसूर भएकाले सेनानी सिंहविरुद्ध पनि प्रहरी आफैंले म्याद थप गर्नेछ ।

प्रहरी स्रोत भन्छ, ‘आइतबार म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने छौं ।’ सामान्य प्रकृतिको मुद्दा भएका भए प्रहरीले सैनिक प्रहरीलाई जिम्मा लाउँथ्यो र सैनिक अदालतबाट आउने आदेश अनुरुप कारबाही हुन्थ्यो ।

सैनिक ऐन, २०६३ को दफा ७८ मा उल्लेखित ‘प्रोभोष्ट मार्सल’को व्यवस्थाले सैनिक प्रहरीलाई अधिकृतमाथि अनुसन्धान गर्ने अधिकार दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily