+
Search

ताजा अपडेट +

पपुलर +

सामुदायिक-प्रहरी साझेदारी अभियान : अभिमुखीकरण कार्यक्रम सम्पन्न

4KNationalDaily
२०७६ श्रावण १८, शनिबार २१:१२ बजे

गोरखा- सामुदायिक-प्रहरी साझेदारी अभियान अन्तरर्गत एकदिने अभिमुखीकरण कार्यक्रम शनिवार सम्पन्न भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय गोरखा र जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाको सयुक्त आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

सदरमुकाममा भएको कार्यक्रममा जिल्ला भित्रका यातायात व्यवसायी, सवारी चालक तथा सहचालकहरुका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको गोरखाका प्रहरी प्रमखु ओमप्रसाद अधिकारीले जानकारी दिए ।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक बिनोद शर्माले जिल्ला भित्र सवारी दुर्घटना न्युनीकरणका लागि कार्यक्रम प्रभावकारी हुने बताए ।

उनले गण्डकी प्रदेश भित्र सवारी दुर्घटना सहित लागूऔषध दुव्र्यसनी र महिला हिसांकाका घटनामा भयाबह भएको भन्दै तिनको न्युनीकरणका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालनमा ल्याइएको बताए ।

प्रहरी नायव महानिरिक्षक शर्माले गृहप्रसासनको ८४ बुदेँ सुधारका योजना लगायतका योजनालाई प्राथामिकतामा राखेर प्रहरीले कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

‘प्रहरीको संगठनको काम राष्ट्रमा सुशासन कायम गर्नु हो, उनले भने, गृहप्रसासनको यहि सुधार योजना, प्रहरी महानिरिक्षकले घोषणा गर्नु भएको १० बुदेँ योजना नै प्रहरीले अहिलेको मुख्य माग दर्शक सिदान्तको रुपमा लिएर काम गर्नु आबश्यक छ । ’

नायव महानिरिक्षक शर्माले प्रहरीले अहिले न्युन स्रोतसाधनका बाबजुत काम गर्नुपरेको भन्दै प्रहरी संगठनको निलो बर्दीमा नागरिकहरुको बिश्वास र भरोसा भएकाले प्रहरी संगठनका सवै दर्जाले त्यसलाई ख्याल गर्नुपर्नेमा जोड दिए ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले सरकार व्यवासायीहरुको लगानीको संरक्षण गर्न प्रतिबद्ध रहेको बताए ।

उनले सवारी चालकहरुले गर्ने हेलचक्राईका कारण धेरै व्यत्तिले अकालमा ज्यान गुमाउनु पर्ने अबस्था आउने भएकाले सवारी धनीहरुले चालक तथा सहचालकहरुलाई समेत सचेत गराउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा गोरखा नगरपालिकाकी उपमेयर बिनाकुमारी श्रेष्ठ व्यवसायीहरुलाई निर्धक्क भएर काम गर्न आग्रह गरिन् । अभिमुखीकरणमा जिल्ला भित्रका सार्वजनिक सवारी धनी, चालक सहचालकहरुलाई यातायात सञ्चालन गर्दा ध्यान दिनुपर्ने बिषयमा जानकारी प्रदान गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily