+
Search

ताजा अपडेट +

पपुलर +

पुनःनिर्माण गर्दा परम्परागत पहिचान जोगाउन सकेनौ : सांसद अधिकारीे

4KNationalDaily
२०७६ श्रावण २, बिहीबार ०९:५६ बजे

गाेरखा- गोरखा क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारीले भुकम्पपछिको पुनःनिर्माणले ऐतिहासिक गोरखाको ग्रामिण क्षेत्रको परम्परागत पहिचान जोगाउन नसकेको बताएका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई गोरखाले सदरमुकाममा गरेको पुनःनिर्माणको बार्षिक समिक्षा कार्यक्रममा बोल्दै सांसद अधिकारीले यस्तो बताएका हुन् ।

‘गोरखाको बारपाक, गुम्दा लगायतको क्षेत्रको परम्परागत पहिचान र संस्कृति खोज्न अब फोटो खोज्नुपर्ने बेला आएको छ, उनले भने, हामीले पुनःनिर्माण नाममा हाम्रो पहिचान जोगाउन सकेनौ ।’ बिकास भनेको परम्परागत पहिचान तथा संस्कृतिको बिनास नभएको बताउदै  उनले बिकास गर्दा ऐतिहासिक परम्पराको संरक्षण गर्दै अघि बढ्नु पर्नेमा जोड दिए ।

पुनःनिर्माणको नाममा गाउँको पहिचान पनि गुमाइएको भन्दै उनले भुकम्पले आफ्नोपनको अन्त्य भएको बताए । ढुङगै ढुङगाको छाँना, आँगन भएको बारपाकमा अहिले शहरबजारको जस्तो पक्की घर मात्र देख्न पाइन्छ, उनले भने, गुम्दा गाउँको काठैकाठले बनेको घर हेर्न अहिले पुराना फोटो पल्टाएर हेर्नुपर्ने अबस्था आएको छ ।’

सांसद अधिकारीले अब भुकम्प पिडितहरुका लागि गुनासो संकलनको काम पनि अन्तिम बनाउनु पर्नेमा जोड दिए । उनले अहिले लाभग्राहीमा नपरेका वास्तविक भुकम्प पिडितहरुको गुनासो संकलनका लागि राष्ट्रिय प्राधिकरणले स्थानिय सरकारसंग समन्वय गरेर काम शुरु गरेकाले अब अर्को पटक थप गुनासो संकलन गर्नुपर्ने अबस्था आउन दिन नहुने बताए ।

गुनासो संकलन गर्दै जाने घरपरिवार छुट्भिन्ना हुदै जाने हो भने कहिल्यै गुनासो संकलनको काम टुङगिन्छ, न पुनःनिर्माण नै सकिन्छ ।’ उनले भने । अव वडाहरु नै आफै जिम्मेवार भएर पुनःनिर्माण छिटो सम्पन्न गरी पुनःनिर्माण सम्पन्न वडा घोषणा गर्न तर्फ अग्रसर हुन पनि स्थानिय जनप्रतिनिधिहरुलाई उनले अाग्रह गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily